Comments Add Comment

सिर्सिया नदी बचाउन माग गर्दै विहारका मुख्यमन्त्रीलाई ज्ञापन

२९ पुस, वीरगञ्ज । रक्सौलका बासिन्दाले सिर्सिया नदी प्रदुषण रोक्न माग गरेका छन् । उनीहरुले बिहार सरकारको जल जीवन हरियाली अभियान सफल बनाउनका लागि पनि सिर्सिया नदी सफा हुनुपर्नेमा जोड दिएका छन् ।

सरिसवा नदी बचाउ आन्दोलन रक्सौलको अगुवाईमा रक्सौलका अनुमण्डल पदाधिकारी अमित कुमारलाई मंगलबार ज्ञापनपत्र समेत बुझाएका छन् । आन्दोलनको नेतृत्व गर्दै आएका प्राध्यापक डा अनिल कुमार सिन्हा नेतृत्वको ३५ सदस्यीय प्रतिनिधिमण्डलले बिहारका मुख्यमन्त्री नितिश कुमारको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा बिहार सरकारले ल्याएको महत्वाकांक्षी जल जीवन हरियाली अभियानमा जीवनदायिनी सरिसवा नदीको प्रदुषण हटाउने कुरा समेटिनुपर्ने माग गरिएको छ ।
पटक पटक सरोकारवालाको ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएको गुनासो गर्दै ज्ञापनपत्रमा तत्काल प्रदुषणविरुद्ध कारबाही शुरु गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment