+
+
Shares

गाउँमै हतियार पड्काउँदै हिंडेपछि …

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २९ गते १९:०२

२९ पुस, जनकपुरधाम । आफ्नै घर अगाडि हतियार पड्काउँदै हिंड्ने दुई जना धनुषाबाट पक्राउ परेका छन् ।

धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ५ बाट २६ वर्षीय दिपेश महतो र १९ वर्षीय शुभकेश महतो मंगलबार पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आफ्नै घर अगाडि हतियार पड्काउँदै हिंडेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

हतियार पड्काइरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय खजुरीबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरी टोली पुग्दा दिपेशले आफ्नै आँपको बगैंचा भएको जमिनमा माटो र खरानीले छोपी लुकाई छिपाई राखेको अवस्थामा स्वचालित हतियार पेस्तोल बरामद गरी उनीहरुलाई पक्राउ गरिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?