+
+
Shares

नेपाल कुनै विदेशी सैन्य गठबन्धनमा सम्मिलित हुँदैन : परराष्ट्रमन्त्री   

रासस रासस
२०७६ पुष २९ गते १९:१६

२९ पुस, गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल असंलग्न सिद्धान्तप्रति प्रतिबद्ध रहेका कारण कुनै पनि विदेशी सैन्य गठबन्धनमा सम्मिलित नहुने बताएका छन् ।

दोस्रो रुरु महोत्सवको मंगलबार उद्घाटन गर्दै मन्त्री ज्ञवालीले कुनै पनि देशको विकास सहायतासँग बन्दूक जोडिएर नआउने भएकाले विकास सहायता सबै देशबाट लिने सरकारको नीति रहेको स्पष्ट गरे ।

मन्त्री ज्ञवालीले विकास सहायतालाई अनावश्यक रुपमा उचालेर मित्रराष्ट्रसँगको सम्बन्धलाई धमिलो बनाउने काम कोही कसैले पनि गर्न नहुने पनि बताए ।

‘रुरु महोत्सव गौरव हो हाम्रो, सम्वर्द्धन गरौं, धर्म र संस्कृतिको राम्रो’ भन्ने नाराका साथ गुल्मी उद्योग वाणिज्य सङ्घ रिडी र रुरु फ्रेण्डस क्लबको संयुक्त आयोजनामा पुस २९ देखि माघ ९ गतेसम्म गुल्मीको रुरुक्षेत्र गाउँपालिका, रिडीमा सो महोत्सव चल्ने छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?