+

आर्मीका प्रशिक्षकले रेफ्रीमाथि उठाए प्रश्न

२०७६ पुष  २९ गते १९:४८ २०७६ पुष २९ गते १९:४८
आर्मीका प्रशिक्षकले रेफ्रीमाथि उठाए प्रश्न

२९ पुस, काठमाडौं । मनाङ मर्स्याङ्दीपछि त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नवीन न्यौपानेले रेफ्रीमाथि प्रश्न उठाएका छन् ।

शहीद स्मारक ए डिभिजन लिगमा मंगलबार भएको खेलमा आर्मीले संकटासँग १–१को बराबरी खेलेको थियो । १० खेलाडीमा सीमित भएर पनि अंक जोड्न सकेकोमा खुसी देखिएका आर्मीका प्रशिक्षक न्यौपानेले रेफ्रीको निर्णयमा असन्तुष्टि राखे ।

‘यो लेभलको टफ म्याचहरु भइरहेको छ । तर रेफ्रीको निर्णय एकतर्फी देखियो’ उनले भने ।

आफ्नो टिमका खेलाडीलाई अनावश्यक कार्ड दिएको उनको आरोप छ ।

‘युद्ध शाहीले पहिलो पहेँलो कार्ड पाइसकेकाले एक पटक चेतावनी दिन सकिन्थ्यो’ प्रशिक्षक न्यौपानेले भने, ‘खेलाडी घाइते नै हुने गरी फउल गरेको भए पनि रातो कार्ड दिँदा सन्तुष्ट हुन्थे तर त्यो ५०-५० को बल थियो । ठूलो फउल पनि थिएन ।’

खेलको ५४ औं मिनेटमा युद्धले संकटाका लक्ष्मण रुचाललाई फाउल गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले शाहीलाई दोस्रो पहेँलो कार्डसँगै रातो कार्ड देखाएका थिए ।

त्यसपछिकै बलमा शंकटाले पेनाल्टी पायो र त्यसैमा अमित तामाङले गोल गरे । ‘वान म्यान डाउन हुँदा उनीहरुले चाँडै बल चलाए र त्यही प्रेसरमा ह्याण्ड भयो । उनीहरुले पेनाल्टी पाए’ उनी भन्छन्, ‘त्यो नै टर्निङ प्वाइन्ट भयो ।’

एक खेलाडी कम हुनका बावजुत पनि आर्मीले अन्तिम ३६ मिनेट राम्रो खेल्दै शंकटामाथि दबावमा राखेको थियो तर गोल गर्न सकेन । यसमा भने प्रशिक्षक न्यौपानेले सन्तुष्ट छन् । एक जना कम हुँदा पनि खेलाडीले राम्रो खेले, नतिजाबाट सन्तुष्ट छु’ उनले भने ।

लिगको महत्वपूर्ण खेलहरु खेलाउनुपर्ने रेफ्री सुदिश पाण्डेलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगबन्धु गोल्डकप खेलाउन बंगलादेश पठाएको भन्दै उनले असन्तुष्टि जनाए ।

‘बी सी डिभिजन खेलाएका रेफ्रीले यस्तो टफ म्याच खेलाउन हुँदैन जस्तो लाग्छ’ उनले भने, ‘यहाँ लिग भइरहेको छ, एन्फाले मुख्य रेफ्री मध्येक एक सुदिशलाई बंगबन्धुमा पठायो ।’

यो बराबरीले आर्मीले शीर्ष स्थानमा उक्लने मौका गुमायो । समान १३ अंक जोडे पनि गोल अन्तरका आधारमा मछिन्द्र शीर्ष स्थानमा छ । तर आर्मी अझै उपाधि होडमा छ ।

‘हामी उपाधि होडमा अझै छौं । यसलाई कायम राख्न आगामी खेलमा कसरी अगाडि बढ्ने भनेर योजना बनाउँछौं’ आर्मीका प्रशिक्षक न्यौपानेले भनेका छन् ।

यसअघि मनाङका प्रशिक्षकले पनि ११ खेलाडी र तर रेफ्री गरी १५ जनाविरुद्ध खेल्नुपरेको टिप्पणी गरेको थियो ।

आर्मीसँग अंक खोस्न सफल भएकोमा संकटाका प्रशिक्षक विजय महर्जन भने नजिताबाट सन्तुष्ट देखिए । उनी रेफ्रीको निर्णयबारे भने खुलेर बोल्न चाहेनन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय