Comments Add Comment

उपमेयर कप महिला भलिबलको उपाधि कुँवरवर्तीलाई

२९ पुस, बुटवल । रुपन्देहीको तिलोत्तमामा सञ्चालन भएको प्रथम उप–मेयर रनिङ कप खुला महिला भलिबल प्रतियोगिताको उपाधि कुँवरवर्ती बोर्डिङ स्कुल तिलोत्तमा–८, प्रदीपनगरले जितेको छ ।

दश टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनलमा एभरेष्ट बोर्डिङ स्कुल बुटवल २–१ को सेटमा हराउंदै कुँवरवर्तीले उपाधि चुमेको हो ।

उपाधिसँगै कुँवरवर्तीले नगद नगद २५ हजार र उपविजेता एभरेष्टले नगद १५ हजार रुपैंयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । तृतीय हुने तिलोत्तमा–८, चार नम्बर स्थित नवज्योती इंलिस बोर्डिङ स्कुलले नगद १० हजार र सान्त्वना हुने मणिमुकुन्द भलिबल क्लवले नगद ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिता तिलोत्तमा नगरपालिकाको आयोजना तथा मणिमुकुन्द भलिबल क्लव र कुँवरवर्ती इंग्लिस बोर्डिङ स्कुलको सहकार्यमा लिग चरणको आधारमा प्रतियोगिता भएको हो ।

प्रतियोगिताका विजयी टिमलाई तिलोत्तमाकी उप–प्रमुख जागेश्वरी चौधरीले पुस्कार प्रदान गरिन् । महिला खेलाडीलाई प्रोत्साहन गर्न आयोजना गरिएको प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिइने नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment