
नायिका रेखा थापा, अभिनेताद्वय दयाहाङ राई र सौगात मल्ललाई अब एकसाथ पर्दामा देख्न पाइने भएको छ । ‘रेखा फिल्मस्’को व्यानरमा बन्न लागेको नयाँ चलचित्रको लागि यो लाइनअप तय भएको हो ।
‘रेखा फिल्मस्’को तर्फबाट नायिका रेखा थापाले नै निर्माण गर्ने यस चलचित्रको लागि दयाहाङ र सौगातसँग कागजी सम्झौता भइसकेको छ । केही दिन अगाडि दया र सौगातसँग सम्झौता भएको रेखा थापाले बताइन् ।
नाम तय नभइसकेको यस चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गर्नेछन् । चलचित्रको पटकथा जगदीश्वर थापाले लेखिरहेका छन् ।
दयाहाङ र सौगातलाई पछिल्लो पुस्ताका कलाकार मानिन्छ । रेखा अघिल्लो पुस्तामा कहलिन्छिन् । दुई पुस्ताको फ्युजन र अनुभवी निर्देशकको टिमअपले राम्रै नतिजा निस्कने आश दर्कमाझ छ ।
चैतको अन्तिम साताबाट छायांकनमा जाने भनिएको यस चलचित्रले आगामी लक्ष्मी पूजालाई रिलिज लक्ष्य राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4