Comments Add Comment

भन्सार छलीका ४५ लाखको मोबाइल बरामद

१ माघ, काभ्रे । इलाका प्रहरी कार्यालय बनेपाले भन्सार छलेर ल्याइएका २९ वटा मोबाइल बरामद गरेको छ । बनेपा बसपार्कमा रहेको ब्रदर्स मोबाइल पसलबाट १० लाख रुपैयाँ बराबरका मोबाइल बरामद गरिएको हो ।

बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाका अनुसार सामानसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पसलका सञ्चालक सुनील खनाल र सुदीप खनाल छन् ।

पक्राउ परेका दुवै जनालाई बरामद सामग्रीसहित राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ ।

यसैबीच, महानगरीय प्रहरी प्रभाग नागढुंगाले पनि ३५ लाख बाराबरको भन्सार छलिका मोबाइल बरामद गरेको छ ।

प्रहरी निरीक्षक हेमन्त थापा नेतृत्वको टोलीले चन्द्रागिरी नगरपालिका–२, नागढुंगा चेक पोइन्टबाट ३५ लाख बराबरको भन्सार छलिका मोबाइल बरामद गरेको हो ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना २ ख १५३४ नम्बरको बसमा चेकजाँच गर्ने क्रममा सिटमुनि लुकाएर राखेको अवस्थामा आईफोन, ओप्पो, भिभो, रेडमी लगायतका कम्पनीका मोबाइल बरामद गरिएको डीएसपी घनश्याम श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment