Comments Add Comment

जम्मा ५ गोल भएको छैटौं चरण, मछिन्द्र शीर्ष स्थानमा

काठमाडौं । पाँच खेलाडीले गोल गरे । पाँच टिमले गोल गरे । तीन खल गोलरहित बराबरीमा सकियो । चार खेल बराबरी भयो । तीन खेलमा स्पष्ट नतिजा आयो ।

मनाङले लगातार तेस्रो बराबरी खेल्दा त्रिभुवन आर्मीको लगतार तीन खेलको जितमा ब्रेक लाग्यो र पहिलो बराबरी खेल्यो । फ्रेण्ड्सले पहिलो जित हात पार्दा सरस्वती युथ क्लबले पहिलो अंक जोड्यो ।

मछिन्द्र पहिलो पटक लिगको शीर्ष स्थानमा उक्लियो ।

सरसर्ती हेर्दा शहीद स्मारक ए डिभिजन लिगमा छैटौं चरणा भएको घटना हो यो ।

सबैभन्दा पहिलो विषय यस चरण लिगकै अहिलेसम्म यस सिजन सबैभन्दा कम गोल भएको चरण हो । अर्को विषय ललितपुरे डर्बीमा फ्रेण्ड्सले थ्री स्टारलाई स्तब्ध पार्दै सिजनकै पहिलो जित हात पार्‍यो ।

अनी अर्को ललितपुरे क्लब ब्रिगेड ब्वाइजसँग काठमाडौंको सरस्वती युथ क्लबले गोलरहित बराबरी खेल्दै यस सिजनको पहिलो अंक जोड्यो । साथै सरस्वतीले लगातार पाँच हारको यात्रा समेत टुङ्गाएको छ ।

छैटौँ चरणमा उपाधि दाबेदार चार क्लबले फरक खालको नतिजा आत्मसाथ गरे । जसमा मछिन्द्र क्लब भाग्यमानी बन्दा मनाङ र आर्मीले एक/एक अंक जोड्न सक्यो भने थ्री स्टारले हार नै बेहोर्‍याे । यस्तै जावलाखेल युथ क्लबको अपराजित यात्रा पनि यसै चरणमा टुङ्गियो ।

छैटौं चरणको पहिलो खेलमा विशाल राईले निर्णायक गोल गर्दा मछिन्द्रले जावलाखेललाई १-० ले पराजित गर्दै अपराजित यात्रा कायम राख्दै शीर्ष स्थानमा उक्लियो ।

साविक विजेता मनाङ मर्स्याङ्दीलाई त्यही दिन शीर्ष स्थानमा उक्लने मौका थियो । तर मनाङलाई हिमायन शेर्पाले गोल रहित बराबरीमा रोक्यो । सुरुआती तीन खेलमा लगातार तीन जित हात पारेको मनाङको यो लगातार तेस्रो बराबरी हो । यस बराबरीले मनाङको उपाधि रक्षामा समेत केही धक्का पक्कै लागेको छ ।

६ खेलबाट मछिन्द्रले ४ जित र २ बराबरीसहित १४ अंक जोडे पनि गत सिजनको १ अंक ऋण कटाएर १३ अंक छ ।

दोस्रो दिन ललितपुरे डर्बीमा कुपण्डोलको फ्रेण्डसले पाटनको थ्री स्टारलाई सिजनको दोस्रो हार चखायो । जसमा ब्राजिलियन खेलाडी कार्मोले निर्णायक गोल गरे । यस हारले थ्री स्टारको पनि उपाधि यात्रामा धक्का लागेको छ । त्यही दिन सरस्वतीले ब्रिगेडसँग बराबरी खेल्दै अंक बाँडेको थियो ।

यस्तै झुर खेल खेल्दा नेपाल पुलिस एनआरटीसंग पारजित भयो । पुलिसकै प्रशिक्षक अनन्त थापाले यो लिगकै झुर म्याच भएको प्रतिक्रिया दिए ।

अर्को विभागीय क्लब एपीएफले भने ललितपुरको च्यासल युथ क्लबलाई गोलरहित बराबरीमा रोक्दै योजना सफल बनायो । उक्त खेलमा प्रशिक्षक राजेन्द्र तामाङले अनुभजी खेलाडीलाई समेत बेन्चमा राख्दै नयाँ युवा खेलाडीहरुलाई मौका दिएको र त्यसमा सफल भएको बताएका थिए ।

छैटौं चरणको अन्तिम खेलमा मंगलबार अर्को विभागीय क्लब आर्मीले गत वर्षको उपविजेता संकटासँग खेल्यो । खेल जितेमा आर्मीलाई शीर्ष स्थानमा फर्कने अवसर थियो । बराबरीले शीर्ष स्थानको मछिन्द्रसंग अंक बराबरी त हुने थियो तर गोलअन्तरमा आर्मी पछि पर्ने थियो ।

दोस्रो नतिजा आर्मीले पायो । अग्रता लिएर पनि जोगाउन सकेन र बराबरीमा खेल्दै अंक बाँड्नुपर्यो ।

दोस्रो हाफमा एक खेलाडी कम रहेर खेल्दा पनि अंक लिन सफल भएकोमा आर्मीले सन्तुष्टी जनायो ।

छैटौँ चरणको खेलको नतिजा
मनाङ ०-० हिमालयन
मछिन्द्र १-० जावलाखेल
थ्री स्टार ०-१ फ्रेण्ड्स
ब्रिगेड ०-<span

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment