+
+
Shares

रक्सी खाएर झगडा गर्दा एक वृद्धको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १ गते १८:१२

१ माघ, गोरखा । मदिरा खाएर झगडा गर्दा बुधबार गोरखा नगरपालिका–८ रानीवनका ५९ बर्षका गोपाल उपरकोटीको मृत्यु भएको छ ।

गोरखा नगरपालिका–६ पोखराथोकका ५० बर्षका रामबहादुर सिर्मलको कुटाइबाट उपरकोटीको मृत्यु भएको प्रहरीको भनाइ छ । ‘उनीहरु आफन्त पर्ने रहेछन्, रक्सी खादै जाँदा कुटपिट भएछ,’ जिल्ला प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले भने, ‘घाइते उपरकोटीको एपोलो अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भयो ।’

सिर्मललाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी अधिकारीको भनाइ छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गोरखामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?