+
+
Shares

गोरु जुधाइमा ‘सानो भाइ’ले जित्यो २५ हजार

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २ गते ०:३५

१ माघ, धनकुटा । माघे संक्रान्तिको अवसरमा धनकुटाको पाख्रिबासमा भएको गोरु जुधाइ प्रतियोगितामा ‘सानो भाइ’ नाम गरेको गोरु पहिलो भएको छ ।

प्रगतिशील सेवा समाजको आयोजनामा नगरपालिकाको वडा नं ७ मुगामा भएको गोरु जुधाइमा पाख्रिवास–९ चुङवाङका राजकुमार गिरीले पालेको सानोभाइले फाइनल भिडन्तमा मसुरे राइको जोवाने गोरुलाई पराजित गरी नगद २५ हजार जित्यो ।

मसुरेको जोवाने गत बर्षको बिजेता हो । दोस्रो भएको जोवानेले नगद १० हजार रुपैयाँ जित्यो । विजेता गोरु र तिनका घरधनीलाई नगरपालिकाका प्रमुख बृखबहादुर राईले नगद पुरस्कारसहित सम्मान गरे ।

प्रथम हुन सफल सानो भाइलाई धनी राजकुमार गिरीले झण्डै तीन घण्टा हिँडाएर प्रतियोगितामा सामेल गराएको बताए । उपाधी जितेपछि निकै हौसिएका राजकुमारले गोरु र गाउँघरका साथीभाइलाई पार्टी दिने बताए ।

‘मेरो गोरुले गाउँको नै इज्जत राख्यो, ८० हजारमा किन्न आउँदा पनि दिइनँ’ राजकुमारले भने, ‘अर्को बर्ष पनि प्रतियोगितामा ल्याउँछु ।’ यस बर्ष भाग नलिने कुनै योजना नभए पनि साथीभाइले भनेपछि हेरौं न भनेर ल्याएको उनले बताए ।

बाँस चढ्ने प्रतियोगितामा दावा विजयी

सोही स्थानमा भएको बाँसको लिङ्गो चढ्ने प्रतियोगितामा पाख्रिवास ७ का दावा तामाङ विजयी भए । ठाडो पारी गाडिएको बाँसको टुप्पोसम्म नै दावा पुग्न सफल भएका थिए । उनले नगद दुई हजार प्राप्त गरे ।

सो कार्यक्रममा लोपोन्मुख मारुनी नाच, संगिनी नाच, तामाङ सेलो र किरात नाच प्रस्तुत गरिएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?