
१ माघ, काठमाडौं । प्रतिबन्धित विप्लव समूहले बालुवाटारस्थित ललितनिवासको जग्गा कब्जा गरेको घोषणा गरेको छ । यो समूहले बुधबार साँझ जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको नागार्जुन १ नर्सरीचोकस्थित घरमा समेत विस्फोट गराएको थियो ।
बालुवाटारको जग्गामा समेत कब्जा गरिएको ब्यानर राखिएको उसका नेताहरुले बताएका छन् । जसमा ११५ रोपनी जग्गा पार्टीको मातहतमा आउने गरी कब्जा गरिएको उल्लेख छ ।
सरकारी जक्ष्गा माफियाहरुले किनबेच गरेकाले कब्जा गरेको यो समूहको सूचनामा उल्लेख छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख (एसएसपी) उत्तमराज सुवेदीले भने यो हल्ला मात्र भधएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4