+

सन्दीपको उत्कृष्ट बलिङ, मेलवर्न स्टार्सको नवौं जित

२०७६ माघ  १ गते २१:२८ २०७६ माघ १ गते २१:२८
सन्दीपको उत्कृष्ट बलिङ, मेलवर्न स्टार्सको नवौं जित

काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दा मेलवर्न स्टार्सले बिग बास लिग बीबीएल मा नवौं जित हात पारेको छ । पर्थ स्कोर्चर्सविरुद्ध सन्दीपले उत्कृष्ट बलिङ गर्ने क्रममा २ विकेट लिए ।

उनले ३ ओभर बलिङ गर्दा १ ओभर मेडन राख्दै ७ रन मात्र खर्चेर २ विकेट लिए । १८ बलमा सन्दीपले ११ बल डट फालेका थिए ।

सन्दीपसँगै ज्याक्सन कोलमनले उत्कृष्ट बलिङ गरेपछि मेलवर्नले पर्थ स्कोर्चर्सलाई १३.५ ओभरमा ८६ रनमा अलआउट गरेको थियो । जसमा ज्याक्सन कोलमनले ३ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए ।

पर्थका लागि जोश इंगलिसले सर्वाधिक ३७ रन बनाए। यस्तै क्यामरुन ब्याङकरफ्टले १० रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

जवाफमा ८७ रनको लक्ष्य पछ्याएको मेलवर्नले १२ ओभरमा २ विकेट गुमाएर ८९ रन बनाउादै जित हात पारेको हो । मेलवर्नको लागि ओपनर मार्कुस स्टोइनिसद्ये अविजित ३९ रन बनाए। उनले ३१ बल खेल्दै ६ चौका प्रहार गरे ।

हिल्टन कार्टराइटले १९ तथा बेन डंकले ८ रन जोडे । सेब गोच १४ रनमा अविजित रहे । १० खेलमा ९ खेल जितेको मेलवर्न अंक तालिकामा शीर्ष स्थानमा यथावत छ । १० खेलबाट १० अंक रहेको पर्थ सकोर्चर्स चौथो स्थानमा छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय