Comments Add Comment

घाटमा जलाउन लागेको महिलाको शव प्रहरी नियन्‍त्रणमा

२ माघ, विराटनगर । मोरङमा घाटमा जलाउन लगेको महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

विराटनगर ८ संघिया घाटबाट जलाउन ठिक्क पारिएको अवस्थामा स्थानीय २८ वर्षकी प्रेमदेवी साहको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिहीबार विहान मृत्यु भएकी साहको माइती पक्षको उजुरीका आधारमा प्रहरीले शव नियन्‍त्रणमा लिएको जनाएको छ । महिलाको घाँटीमा चोट देखिएको छ ।

मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले शव पोस्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment