+
+
Shares

प्राकृतिक प्रकोपको क्षति कम गर्न कानून बनाउँछौं : गृहमन्त्री थापा

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २ गते १५:३०

२ माघ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले भूकम्पलगायत प्राकृतिक प्रकोपको क्षति कम गर्न मजबुद पूर्वाधार निर्माण गर्नु पर्ने बताएका छन् ।

कमजोर संरचनाकै कारण प्राकृति प्रकोपबाट ठूलो क्षति हुने गरेको भन्दै गृहमन्त्री थापाले बलियो संरचनाका लागि सरकारले कानून निर्माण गर्ने बताए ।

२२औं भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौंको भूगोल पार्कमा आयोजित भूकम्प स्मृति सभामा बोल्दै मन्त्री थापाले विपद्बाट जोगिन नागरिकस्तरमा सचेतना फैलाउनु पर्नेमा जोड दिए ।

नागरिकलाई जागरुक गराइ आफ्नो सुरक्षा आफैं गर्न सक्ने अवस्थामा पुर्‍याउनु पर्ने भन्दै मन्त्री थापाले त्यसका लागि सरकारले सचेतना अभियान चलाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?