Comments Add Comment

थाइल्याण्डमा प्रियंकाको ‘ब्याचलर पार्टी’

बिहे गर्नुभन्दा अगाडि ब्याचलर पार्टीको आयोजना गरिन्छ । विशेषगरि, बैबाहिक जीवनमा बाँधिन लागेकी यूवती वा यूवकलाई उनीहरुको साथीले ब्याचलर पार्टी दिने गर्छन् । नायिका ऋचा शर्माको ब्याचलर पार्टीको पनि राम्रै चर्चा भएको थियो । अब, नायिका प्रियंका कार्की पनि ब्याचलर पार्टीका लागि भन्दै थाइल्याण्ड उडेकी छिन् । आफ्ना केही साथीहरुको साथमा प्रियंका ब्याचलर पार्टी मनाउन थाइल्याण्ड उडेकी हुन् ।

प्रियंकाले सामाजिक संजालमा पोष्ट गरेको तस्वीरमा उनीहरु मस्ती मुडमा देखिएका छन् । थाइल्याण्ड उड्नु अगाडि प्रियंकाले–‘कसको ब्याचलर पार्टी हुँदैछ, पत्ता लगाउनुहोस्’ भन्दै फ्यानलाई कौतुहलतामा राखेकी थिइन् ।

नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट भएको लामै समय भैसक्दा पनि बिहे नभएपछि प्रियंका र आयुष्मानको बिषयमा चर्चा चलिरहेको छ । कतै, उनीहरुको बिहे नै हुँदैन कि भन्ने प्रश्नहरु पनि चलचित्र बजारमा चलिरहेका थिए ।

केही समय अगाडि नायिका प्रियंका कार्कीले आफूले यो बर्ष बिहे नगर्ने बताएकी थिइन् । यसैविच, उनी ब्याचलर पार्टी भन्दै साथीहरुको साथमा थाइल्याण्ड उडेपछि आयुष्मान र उनको बिहे फागुणमा हुन लागेको चर्चा समेत चलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment