+
+
Shares

‘लुक्स’को उद्घाटन गर्न पुगे पूजा, आकाश, दीपाश्री र वर्षा

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २ गते १६:२७

चलचित्र निर्माता तथा हल व्यवसायी सुमित मैनालीले संचालनमा ल्याएको ‘लुक्स यूनिसेक्स सैलुन’को उद्घाटन गरिएको छ । काठमाण्डौको दरबारमार्गस्थित शेर्पा मलमा यो सैलुन संचालनमा आएको हो ।

सैलुनको उद्घाटन गर्न नायिकाद्धय पूजा शर्मा र वर्षा राउतको साथमा नायक आकाश श्रेष्ठ र निर्देशक दीपाश्री निरौला पुगेका थिए । उनीहरुले रिबन काटेर ‘लुक्स’को उद्घाटन गरे । मानिसहरुले खानेकुरामा जुन तरिकाले पैसा खर्च गरिरहेका छन्, त्यो अनुसार आफ्नो लुक्समा खर्च नगरेको भन्दै यसका संचालक सुमित मैनालीले भने–‘हाम्रो सैलुनले महिला वा पुरुष दुबैलाई आफ्नो लुक्समा पनि ध्यान दिन सहयोग गर्छ ।’ सुमितका अनुसार, बदलिदो फेसन शैलीलाई मध्यनजर राख्दै यो सैलुन संचालनमा ल्याइएको छ ।

सुमित भन्छन्–‘अहिले सैलुनमा जाने मानिसहरुले गोप्यता समेत खोजीरहेका छन् । हामीले, यसको समेत सुविधा दिएका छौ ।’ सैलुन उद्घाटन गर्न पुगेका नायिकाद्धय वर्षा राउत र पूजा शर्माले ‘लुक्स यूनिसेक्स सैलुन’को सेवा दिने तरिका मन परेको बताए ।

निर्देशक दीपाश्री निरौलाले भनिन्–‘कलाकारलाई फेसनको झनै जरुरी पर्छ । त्यो अनुसारको हरेक सुविधा मैले यो सैलुनमा भेटेँ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?