Comments Add Comment

कोटेश्वर-जडिबुटी खण्ड ८ लेनको बनाउन घरजग्गा अधिग्रहण

२ माघ, काठमाडौं । सरकारले अरनिको राजमार्गअन्तर्गत कोटेश्वर-जडिबुटी खण्डको सडक विस्तारका लागि बाँकी घर जग्गाको अधिग्रहण गर्ने भएको छ । यसका लागि विमानस्थलको केही भाग जमिन पनि प्रयोग गर्ने तयारी छ । यसका लागि भौतिक पूर्वाधार मन्त्रालय र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच सहमति भइसकेको छ ।

करिब ३ सय मिटरको यो खण्ड साँघुरो हुँदा यो खण्ड अहिले काठमाडौं उपत्यकाककै सबैभन्दा बढी जाम हुने क्षेत्र बनोको छ । त्यसैलाई ध्यानमा राखेर मन्त्रिपरिषद बैठकले जडिबुटी-कोटेश्वर सडकखण्डभित्र पर्ने ६ अना १ पैसा जग्गा र उक्त जग्गामा बनेको घर अधिग्रहण गर्न स्वीकृति दिइएको छ । यो घर कोटेश्वर-सूर्यविनायक सडक विस्तार गर्ने क्रममा पनि हटाउन सकिएको थिएन ।

सडक विभागमा उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटा मुआब्जा जति दिँदा पनि चित्त नबुझेको भन्दै यो घर हटाउन घरधनी तयार भएका थिएनन् । अब भने मन्त्रिपरिषद बैठकले अधिग्रहण गरेर हटाउन नै स्वीकृति दिएको हो ।

यो घर हटाउनासाथै कोटेश्रवरबाट जडिबुटीतर्फ जाने देब्रेतर्फको भागमा तत्कालै एक लेन सडक विस्तार गर्न बाटो खुल्नेछ । यो एक लेन विस्तार गर्दा विमानस्थलको एउटा रनवे सूचक लाइट पनि थोरै सार्नुपर्ने हुन्छ । योजनाअनुसार यो लेन खुल्नाथाथ पेप्सीकोलातर्फ जाने सवारीले काटेश्वरमा जाममा नबसी सो लेन प्रयोग गर्न सक्नेछन् ।

यस्तै सरकारले जडिबुटीबाट कोटेश्वरतर्फ आउने साइडमा पन दुई लेन सडक विस्तार गर्ने सरकारी योजना छ । यसका लागि विमानस्थलकै जग्गा प्रयोग गर्नुपर्ने हुन्छ । त्यहाँ रकेो कामख्या पेट्रोलपम्प समेत हटाउनुपर्ने हुन्छ । यी दुई लने बनेमा भक्तपुरबाट कोटेश्वर चोक हुँदै बालकुमार -ललितपुर)तर्फ जाने सवारीले पनि कोटेश्वरमा जाममा बस्नुपर्ने छैन ।

यो कामका लागि नेपाल नागरिक उड्डयन प्राधिरकणसँग छलफल गर्न लागिएको प्रवक्ता सापकोटाले बताए । उनका अनुसार प्रधानमन्त्री कार्यालय पनि यो कामका लागि अग्रसर भएकाले समन्वयमै योजना पुरा हुने अपेक्षा गरिएका छ ।

‘वैशाखसम्म ३ लेन बाटो कच्ची रुपमा विस्तार गरिसक्ने योजना छ,’ उनले भने,’त्यसपछि कालोपत्रे गरेर जडिबुटीको बोटलनेकलाई खुलाइनेछ ।’

उनले यो विस्तारको योजना पुरा भएपछि जडिबुटी-काटेश्वर खण्ड पनि ८ लेनकै हुनेछ । त्यसका लागि ३.५ मिटरको लेनलाई ३ मिटरमा खुम्च्याइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment