
कलाकारका बिषयमा दैनिक कुनै न कुनै गसिप कुनै न कुनै मिडियामा आइरहेको हुन्छ नै । कोही कलाकार गसिपलाई ठूलो रुपमा लिन्छन् र आरोप प्रत्यारोपममा उत्रिन्छन् । कोही कलाकार भने गसिपलाई सामान्य रुपमा नै लिन्छन् । तर, रंगिन दुनियाँमा लागिसकेपछि गसिपलाई सामान्य रुपमा लिएर धेरै कलाकार अगाडि बढेका छन् । किनकी, रंगिन दुनियाँ गसिपमै रमाउँछ ।
निर्देशक दीपाश्री निरौला पनि यो कुरा स्विकार गर्छिन् । उनी भन्छिन्–‘म यो क्षेत्रमा लागेको २८ बर्ष भयो । मैले यस्ता गसिप त धेरै देखेकी छु । गसिपले रोमाञ्चित बनाउँछ । जहाँ नाम छ, त्यहाँ सबै कुरा छ । जसको नाम छ उसैको बिषयमा चर्चा हुन्छ । घरमै सुतिरहेको बुबालाई त कसैले जिस्काउँदैन ।’
दीपाश्री पनि २८ बर्ष लामो करिअरमा धेरै पटक गसिप बनेकी छिन् । तर, उनले यसलाई सामान्य रुपमा लिने गरेको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4