Comments Add Comment

बालबच्चाको मोटोपन, अभिभावकको टाउको दुखाई

विगतमा आफ्ना बालबच्चा ‘मोटाघाटो’ भएको निको मानिन्थ्यो । तर, अहिलेका अभिभावकका निम्ति टाउको दुखाईको विषय बनेको छ, बालबच्चाको मोटोपन ।

धेरै बालबच्चामा मोटोपनको समस्या छ । मोटोपनले भद्दा देखिने मात्र होइन, स्वास्थ्य समस्या पनि निम्त्याउँछ । यसैले अभिभावक चाहन्छन्, बालबच्चाको ज्यान छरितो भए हुन्थ्यो ।

बेलायतको शोधकर्ताहरुको एक निष्कर्ष यस्तो छ, ‘बच्चा मोटो हुनुमा आमाबुवा जिम्मेवार छन् । किनभने धेरैजसो मोटोपन अनुवंशिक समस्या हो । आमाबुवा मोटो भएपछि उनीहरु स्वत मोटो हुने गरेका छन् ।’ त्यसबाहेक पारिवारिक माहौल पनि यसको कारण बनेको छ ।

पछिल्लो समय छिटो छरितो खानाको रुपमा जंकफुडको अधिक प्रयोग हुन थालेको छ ।   बच्चामा  मोटोपन बढाउने यो एउटा प्रमूख कारणमध्ये पर्छ । अनियन्त्रित भोजनले पनि बच्चामा मोटोपन बढ्दो छ । आफ्ना बालबालिकालाई धेरै ख्वाउँदा स्वास्थ्य हुन्छ भन्ने मानसिकताले अहिलेका अभिभावक धेरै खानेकुरा दिने गर्छन् ।

अहिलेका बच्चाहरु शारीरिक खेलकुदमा भन्दा पनि कार्टुन, भिडियो गेम लगायतमा भुलिने गर्छन् । एकै स्थानमा लामो समय निस्क्रिय बस्न, व्यायम, शारीरिक गतिविधि, श्रम नगर्ने भएकाले पनि मोटोपन बढ्दै गएको छ ।

के हुन्छ असर ?

स्वास्थ्य बच्चा मोटो हुन्छ भन्ने भ्रम छ, जुन सत्य होइन । अस्वभाविक रुपमा बढ्ने मोटोपनले बच्चालाई रोगको दलदलमा फसाउँदै लान्छ ।

मोटोपन आफैमा समस्या हो । यसले शरीर भद्दा हुन्छ । असुहाउदिलो हुन्छ । हिँड्न, डुल्न, खेल्न सबैमा छरितो हुँदैन । मोटोपनकै कारण बच्चाहरु कालन्तरमा मधुमेहको सिकार हुन सक्छन् । उनीहरु उच्च रक्तचाप र अर्थराइटिस जस्ता रोगको जोखिममा हुन्छन् ।

कसरी नियन्त्रण गर्ने मोटोपन ?

मोटोपन नियन्त्रण गर्नका लागि बालबालिकाको जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ । उनीहरुको खानपान, आनीबानी बदलेर यसलाई नियन्त्रण गर्न सकिन्छ ।

–     खानपानको मामलामा आमाबुवा बच्चाको रोल मोडल बन्नुपर्छ ।

–     टेलिभिजन हेर्दै, गेम खेल्दै खाने बानी छुटाउनु पर्छ ।

–     मोवाइल, कम्युटर, टिभीमा धेरै समय व्यातित गर्न दिनु हुँदैन ।

–     उनीहरुलाई इनडोर गेमभन्दा वाहिरी खेलकुदमा प्रेरित गर्नुपर्छ । खुला रुपमा उपि|mन, दौडिन दिनुपर्छ ।

–     उनीहरुलाई थोरै थोरै खाना धेरै पटक दिनुपर्छ । भोक लागेपछि धेरै खानेकुरा खाने बानीले पनि मोटोपन बढ्छ ।

–     भोक लाग्नुअघि खानेकुरा दिएपछि बच्चाहरु जंकफुडमा लोभिदैनन् । उनीहरुको ध्यान खानेकुरामा जादैन । त्यसैले उनीहरुलाई भोको राख्नु हुँदैन ।

–     फलफूल, सागसब्जी खाने बानी गराउनु पर्छ । यसले पनि क्रमस जंकफूडको लत छुट्छ ।

–     कोल्ड ड्रिंकको साटो पानी पिउन दिनुपर्छ । धेरै गुलियो खानेकुराको लत छुटाउनुपर्छ ।

–     राती धेरैबेर बस्न दिनुहुँदैन । छिटै सुताउने र विहान छिटै उठाउने गर्नुपर्छ । पर्याप्त निन्द्रा पुग्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment