Comments Add Comment

बन्दीपुरमा ‘फुड फेष्ट’ हुँदै, विशेष छूट

३ माघ, काठमाडौं । रेष्टुरेन्ट एण्ड बार एसोशिएसन नेपाल (रेबान)को आयोजनामा तनहुँको बन्दिपुरमा ‘रेबान-बन्दीपुर फेष्ट २०२०’ सञ्चालन हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सहयोग पुर्याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको रेबानले उल्लेख गरेको छ ।

पर्यटकीय स्थल बन्दीपुरमा १७ र १८ माघमा फेस्टिवल संचालन हुनेछ । रेबान काठमाडौंसहित पोखरा र रेबान सौराहामा आवद्ध व्यवसायीको संलग्नतामा फेस्टिवल आयोजना गर्न लागिएको हो । रेष्टुरेन्ट व्यवसाय अभिवृद्धि गरी परिकार प्रवर्द्धन गर्ने लक्ष्य यस कार्यक्रममा दौरान राखिएको छ ।

पर्यटकीय गन्तव्य बन्दीपुरमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने र काठमाडौं, पोखरा, सौराहाका रेष्टुरेन्ट व्यवसायीबीच भाइचारा बढाउन कार्यक्रम आयोजना गरिएको रेवान अध्यक्ष अरनिको राजभण्डारीले बताए । यहाँ रेष्टुरेन्टले महोत्सव अवधिभर विशेष छूट दिने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment