+
+
Shares

अन्तरमावि फुटसलको उपाधि न्यु होराइजनलाई

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ३ गते १९:३९

३ माघ, बुटवल । तेस्रो मदन भण्डारी अन्तरमावि फुटसल प्रतियोगिताको उपाधि न्यु होराइजन माध्यमिक विद्यालय बुटवलले जितेको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमी बुटवल नगर कमिटिले आयोजना गरेको प्रतियोगिताको शुक्रबार भएको फाइनल खेलमा स्कलर्स होम माध्यमिक विद्यालय बुटवललाई ९–२ गोल अन्तरले पराजित गर्दै न्यु होराईजनले उपाधि जितेको हो ।

उपाधि विजेता न्यु होराइजनले नगद २४ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र हात पारेको छ । योसँगै न्यू होराईजनले लगातार तेस्रोपटक उपाधि जित्न सफल भएको छ ।  त्यस्तै उपविजेता स्लकर्स होमले नगद १२ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

विजयी खेलाडीहरुलाई मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठ, केन्द्रीय उपाध्यक्ष ध्रुब आचार्य, नगर अध्यक्ष समुन्द्र श्रेष्ठ, एक्सपर्ट एजुकेशनका रोशन कंडेल, प्रतियोगिता संयोजक मदनजंग पुनले संयुक्तरुपमा पुरस्कार वितरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?