Comments Add Comment

४२ वर्षसम्म भूतले बन्द गरायो रेल स्टेसन

कुनै प्राविधिक खराबीका कारणले विदेशतिर रेलवे स्टेसन बन्द भएका समाचार सुनिएकै हो । कहिलेकाहीँ आन्दोलनका बेला पनि रेलसेवा ठप्प पारिएको सुनिन्छ ।

तर के तपाईंले भुतका कारण रेलवे स्टेसन बन्द भएको सुन्नुभएको छ ? सायद यस्तो हुनु नपर्ने हो । तर भारतमा एउटा रेल स्टेसन भूतकै कारण ४० वर्षसम्म बन्द भयो ।

पश्चिम बंगालस्थित पुरुलिया जिल्लामा रहेको बगुनकोडोल रेलवे स्टेसन सन् १९६० मा सञ्चालनमा आएको थियो । सन् १९६७ मा उक्त स्टेसनमा काम गर्ने रेलवे कर्मचारीले स्टेसनमा महिलाको भूत देखेको दाबी गरे । त्यो अफवाह एक कान, दुई कान मैदान हुँदै यत्रतत्र फैलियो । केही समयपछि रेल स्टेसनका इञ्चार्ज र उनको परिवारका सदस्य समेत रेलवे स्टेसनकै आवासमा मृत फेला परेपछि सन्त्रास फैलियो । मानिसहरू त्यो स्टेसनमा भूतको बास भएको र भुत बेलुकी भएपछि रेलको लिक तथा यत्रतत्र घुम्ने गरेको बताउँथे ।

अन्ततः उक्त स्टेसनबाट रेल चढ्न र त्यहाँ झर्न पनि मानिसहरू डराउन थाले । रेल चालकहरूले समेत उक्त स्टेसनमा रेल रोक्न छाडेपछि स्टेसन बन्द भयो । यो स्टेसन पूरै भारतभर चर्चामा थियो ।

आखिर बन्द भएको ४२ वर्षपछि सन् २००९ मा तत्कालीन रेलमन्त्री ममता बनर्जीले गाउँलेहरूको सहयोग र आग्रहमा उक्त रेल स्टेसनको पुनः सञ्चालनमा ल्याइन् ।

अहिले रेल स्टेशन खुल्ला त छ, तर बेलुकी सूर्य अस्ताएपछि स्टेसनमा रेल चढ्ने, ओर्लने कोही पनि हुँदैन । अरू त अरू स्टेसनमा रातको समयमा कर्मचारीहरू समेत बस्दैनन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment