Comments Add Comment

कारले मोटरसाइकललाई ठक्कर दियो, खानतलासी गर्दा हतियार बरामद

४ माघ, जनकपुरधाम । जनकपुरधाममा मोटरसाइकललाई ठक्कर दिएको कारबाट हतियार बरामद भएको छ । कारबाट हतियार बरामद भएपछि प्रहरीले कारसहित त्यसमा सवार दुई जनालाई पक्राउ गरेको छ ।

बा १४ च ७४५९ नम्बरको कारले शनिबार साँझ जनकपुरधाम १ स्थित भानु चोकमा ज ९ प ४८०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिँदा प्रहरीले कारभित्र चेकजाँच गरेको थियो । त्यस क्रममा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।

पेस्तोल बरामद भएपछि कारमा सबार दुई जनालाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयाका ४० वर्षीय जितेन्द्र कुमार यादब र सोही नगरपालिका ५ महेन्द्रनगरका कुमोदनारायण झा छन् ।

दुबैलाई नियन्त्रणमा लिई अनुसन्धान तथा कार्वाही प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment