
दातँलाई सुरक्षित र स्वस्थ राख्नको लागि नियमित रुपमा हेरचाह गर्नु जरुरी हुन्छ । त्यसको साथ साथै दिनको दुईपटक ब्रश गर्नु पर्छ । र गुलियो खानेकुरा कम खानुपर्छ अथवा खाएपनि मुख कुल्ल्ाा गरिहाल्नु पर्छ । दाँत वा मुखको समस्या हुनु भनेको शरिरमा कुनै समस्या हुनु हो ।
राम्रो चम्किलो र स्वस्थ दाँत हाम्रो अनुहारको सुन्दरतामा थप निखार ल्याउन मद्दत गर्छ । तर दाँतको सहि तरिकाले हेरचाह नगर्दा दाँतमा विभिन्न प्रकारको रोग लाग्न सक्छ । पहेँलो दाँत हुनु, साँस गन्हाउनु, गिँजाको समस्या, क्याभिटि, पाइरिया, पेरियोडाइटिस, जिंजिवाइटिस आदि बिरामी हुन सक्छ ।
दिनमा दुइपटक ब्रश गर्नुहोस्
दाँतलाई सुरक्षित राख्नको लागि नियमित रुपमा सरसफाइ गर्नुपर्छ । खाना खाइसकेपछी दिनमा दुइपटक ब्रश गर्नुपर्छ । टुथब्रश सानो खालको प्रयोग गर्नुपर्छ । ताकि दाँतको कुना कुनामा सजिलैसंग पुगोस् ।
सफ्ट ड्रिंकबाट बच्नुहोस्
विभिन्न प्रकारको सफ्ट ड्रिंकको प्रयोगले पनि दाँतलाई हानि पुर्याउन सक्छ । त्यसैले यस्ता प्रकारको पेयपर्दाथबाट टाढै बस्नुपर्छ । किनकि यस्ता डिंग्समा अम्लिय पर्दाथ हुन्छ ,जसले दाँतको इनामेलमा भएको खनिजलाई घुलाइदिन्छ र दाँत कमजोर हुन थाल्छ ।
गुलियो खानेकुरा बाट बच्नुहोस्
गुलियो खानेकुरा दाँतलाई मात्र नभई स्वास्थ्यको लागि पनि हानिकारक हुन्छ । त्यसैले यसको सेवन कम गर्नुपर्छ । दाँतको माथिल्लो तहमा भएको जीवाणुले गुलियोलाई अम्लमा परिर्वतन गरिदिन्छ त्यसैले गुलियो भएको खानेकुराको प्रयोग सिमित मात्रामा गर्नुपर्छ ।
फलफूलको सेवन गर्नुहोस्
फलफूलको सेवनले हाम्रो शरिरमा ऊर्जा मिल्छ । रोग लाग्न बाट बच्न सकिन्छ । कुनै फल यस्तो पनि हुन्छ जसको सेवनले दाँतलाई क्याभिटि बाट बचाउन सकिन्छ । स्याउ, गाजर आदिको नियमित सेवनले दाँतलाई फाइदा हुन्छ ।
पर्याप्त पानी पिउनुहोस्
पानीले हाम्रो शरिरमा भएको बिषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । साथै हाम्रो पाचन प्रक्रिया राम्रो बनाउँछ । यसको साथै दाँतलाई सेतो र चमकदार बनाइ राख्न पनि सहयोग गर्छ । त्यसैले दिनमा ८ देखि १० गिलास पानी पिउनु पर्छ ।
दाँतले अरु काम नगर्नुहोस्
यदि दाँतले बोतलको बिर्को खोल्ने , सुपारि फुटाउने , जस्ता काम गर्नुहुदैन् । यस्ता काम गर्दा दाँतको क्याप निस्किने या टुट्ने हुन सक्छ ।
नियमित जाँच गराउनुहोस्
दाँतमा कुनै समस्या नआए पनि नियमित रुपमा चेकअप गर्नपर्छ । यदि कुनै समस्या जस्तै-दाँत दुख्ने ,गीजाबाट रगत आउने आदि भएमा दाँतको चिकित्सकलाई देखाउनुपर्छ । समस्या नभए पनि ६-६ महिनामा जाँच गराउनुपर्छ ।
प्रतिक्रिया 4