+
+

हृयारी र मेगनको शाही उपाधि हट्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ५ गते ११:५३

५ माघ, काठमाडौं । बकिङघम दरबारले राजकुमार ह्यारी र मेगन अब राजपरिवारको औपचारिक सदस्य नरहेको घोषणा गरेको छ ।

ह्यारी र मेगनले हालै मात्र राजपरिवारको वरिष्ठ सदस्यको भूमिका परित्याग गर्ने र आफ्नो समय बेलायत र उत्तर अमेरिकामा बिताउने घोषणा गरेका थिए ।

राजपरिवारमा छलफलपछि ब्रिटेनकी महारानी एलिजाबेथले त्यसलाई मन्जुरी दिएकी छन् । दरबारको विज्ञप्तिमा भनिएको छ, ‘ड्युक र डचिस अफ ससिक्स अब राजपरिवारको औपचारक सदस्य नरहने र उनीहरुले शाही उपाधि प्रयोग गर्ने छैनन् ।’

ब्रिटिस राजपरिवारका शाही उपाधि प्राप्त सदस्यहरुलाई ‘रोयल हाइनेस’ भन्ने चलन छ ।

अब ह्यारी र मेगनले शाही उपाधि प्रयोग गर्ने छैनन् भने नागरिकको करबाट आउने रकम पनि पाउने छैनन् । नयाँ व्यवस्था यसै वर्षको वसन्त ऋतुबाट लागू हुनेछ ।

दरबारका अनुसार शाही उपाधि हटेपछि उनीहरुले पाउने सैन्य पद पनि हट्नेछ ।

बेलायतकी महारानी एलिजाबेथले थप स्वतन्त्र जीवन जीउने ह्यारी र मेगनको चाहनालाई समर्थन गर्ने बताएकी छन् । उनले भनेकी छन्, ‘ह्यारी, मेगन र आर्ची (उनीहरुका छोरा) सधै हाम्रो परिवारका प्रिय सदस्य रहनेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?