+
+
Shares

आजबाट मौसम पूर्ण रूपमा सुधारिन्छ : मौसमविद्

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ५ गते ११:५१

५ माघ, काठमाडौं । केही दिनदेखिको बदली, वर्षा र हिमपातको श्रृंखला रोकिएर आजदेखि मौसम पूर्ण रूपमा सुधारिने अनुमान मौसमविद्ले गरेका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभा निस्तेज भएकाे छ र  मौसम घमाइलो बनेको छ ।

हाल देशको पूर्वी भू–भागलगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली भए पनि बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ९ डिग्री र अधिकतम १६ दशमलव ६ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव १ डिग्री सेल्सियसमा मापन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?