Comments Add Comment

कार दुर्घटनामा शबाना आजमी घाइते, ड्राइभरविरुद्ध एफआइआर दर्ता

बलिउडकी चर्चित कलाकार शबाना आजमी कार दुर्घटनामा घाइते भएकी छिन् । शनिबार मुम्बई–पुणे एक्सप्रेस नाम गरेको हाइवेमा उनको कार एक ट्रकसँग ठोक्किएको थियो । यो दुर्घटनामा शबाना गम्भिर घाइते भएकी छिन् । तर, उनी खतरा भन्दा बाहिर रहेको बलिउड मिडियाले उल्लेख गरेका छन् । उनलाई बलिउडकर्मीले अस्पतालमा पुगेर भेट गरेका छन् ।

उनको टाउको र अनुहारमा चोट लागेको छ । दुर्घटनामा घाइते भएकी शबानालाई उपचारका लागि मुम्बइको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको छ ।

यसैविच, शबानाका ड्राइभर अमलेश योगेन्द्रले लापरवाहीपूर्ण तरिकाले कार चलाएको भन्दै उनीविरुद्ध प्रहरीले एफआइआर दर्ता गरेको छ । ट्रक ड्राइभरले योगेन्द्र विरुद्ध एफआइआर दर्ता गरेका हुन् । एफआइआरमा भनिएको छ–‘कार ड्राइभरले तिव्र गतीमा गाडी चलाएका कारण कार चलिरहेको ट्रकको तल छिरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment