+

एपीएफ र टीएसी अन्तिम चारमा

२०७६ माघ  ५ गते १७:१० २०७६ माघ ५ गते १७:१०
एपीएफ र टीएसी अन्तिम चारमा

५ माघ, काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा पाँचौ आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० मा आइतबार एपीएफ र सेनाको टीएसी महिलातर्फ सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन् ।

एपीएफले समूह ए को खेलमा भरतपुर मेट्रो खेलकुद परिषद् (बीएमसी)लाई ३-० ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । एपीएफले बीएमसीलाई २५-११, २५-१२ र २५-१६ ले पराजित गरेको थियो ।

एपीएफको ६ अंक भएको छ । यसअघि एपीएफले जावलाखेल भलिबल ट्रेनिङ्ग सेन्टर (जेभिसी)लाई पराजित गर्दै ३ अंक जोडेको थियो ।

यस्तै, सेनाको टीएसी पनि सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । टीएसीले जेभिसीलाई २५-११, २५-५, २५-११ ले पराजित गर्दै ६ अंक बनाउन सफल भएको हो ।

टीएसीले शनिबार बिएमसीलाई पराजित गर्दै ३ अंक बटुलेको थियो । समूह बिजेता र उपबिजेताको टुङ्गो भने एपीएफ र सेना विचको प्रतिस्पर्धा बाट हुनेछ ।

दशरथ रङ्गशालाको कभर्डहलमा जारी च्याम्पियनसिपमा हेल्प नेपाल स्पोर्टस् क्लब ग्रुप डीमा पहिलो जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

हेल्प नेपाल स्पोर्टस् क्लब (एचएनसी)ले पहिलो जित निकाल्ने क्रममा बुद्धटोल युवा भलिबल क्लब (बीवाईसी) लाई २५-१०, २५-१५, २५-११ ले पराजित गर्‍यो ।

ग्रुपमा दुई टिम मात्र भएकोले पहिलो जितमानै हेल्प नेपाल क्वाटरफाइनल प्रवेश गर्न सफल भएको हो ।

हारका बावजुद बिवाईसी पनि समूह उपविजेताको रुपमा क्वाटरफाइनल प्रवेश गर्न सफल भएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय