Comments Add Comment

सरस्वतीमाथि फ्रेण्ड्सको शानदार जित

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा फ्रेण्ड्सले सरस्वती युथ क्लबमाथि शानदार जित हात पारेको छ । आइतबार भएको खेलमा फ्रेण्ड्सले सरस्वतीलाई ४-१ ले पराजित गरेको हो ।

खेलमा फ्रेण्ड्सका लागि उत्तम राईले दुई तथा वाग्नर डे क्रामो र साउलो डे अकिनोले एक-एक गोल गरे । उत्तमले पाँचौ र ८६औं मिनेटमा गोल गरेका थिए भने साउलोले २४ औं तथा वाग्नरले ७० औं मिनेटमा गोल गरे । सरस्वतीका लागि काजिम बुसारीले ८०औं मिनेटमा एक गोल फर्काए ।

लिगमा दोस्रो जितपछि फ्रेण्ड्सले ७ खेलबाट ८ अंक जोड्दै नवौं स्थानमा उक्लेको छ । सरस्वतीलाई भने रेलिगसनको चिन्ता बढेको छ । सरस्वतीको ७ खेलबाट १ अंक मात्र छ र अंकतालिकामा पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment