Comments Add Comment

बलात्कारको आरोपमा एक जना पक्राउ

५ माघ, विराटनगर । अश्लिल फोटो सामाजिक सञ्जालमा राखेर भाइरल बनाइदिने डरधम्की देखाउँदै बलात्कार गरेको आरोपमा मोरङको पथरीशनिश्चरेबाट एक जना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे नगरपालिका–७ का २५ वर्षीय रविन आचार्य रहेका छन् । विवाहीत एक महिलाको उजुरीपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

फेसबुक म्यासेन्जर मार्फत डरधम्की देखाउँदै पटक-पटक करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए ।

आचार्यविरुद्ध जवरजस्ती करणी मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । आइतबार म्याद थप गरी उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment