Comments Add Comment

रोनाल्डोको दुई गोलमा युभेन्ट्स विजयी

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि युभेन्टसले इटालियन सिरि एमा पार्मालाई २–१ ले पारजित गरेको छ ।

गएराति भएको खेलमा रोनाल्डोले दुवै हाफमा गोल गर्दै युभेन्ट्सलाई जित दिलाएका हुन् ।

जितपछि युभेन्ट्सले शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको इन्टर मिलान लेसेसँग बराबरीमा रोकिएको फाइदा युभेन्ट्सले उठाएको हो ।

रोनाल्डोले ४३ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । ५५ औं मिनेटमा कोर्नेलियसले पार्माका लागि बराबरी गोल फर्काएका थिए । तर त्यसको तीन मिनेटपछि नै रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २–१ को अग्रता दिलाए र त्यो अगरता कायम राख्दै जित हात पार्‍यो ।

२० खेलबाट ५१ अंक जोड्दै युभेन्ट्स शीर्ष स्थानमा आसीन छ भने इन्टरको ४७ अंक छ ।

यस्तै, अन्य खेलमा रोमाले जेनओअलाई ३–१ ले तथा एसी मिलानले उडिनेसीलाई ३–२ ले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment