Comments Add Comment

भूमी भन्छिन्–‘म स्टार होइन, कलाकार हुँ’

बलिउड नायिका भूमी पेन्डेकरको करिअरको ग्राफ माथि चढिरहेको छ । पछिल्लो समय रोजाईकी नायिकाको रुपमा भूमिले आफूलाई स्थापित गरिरहेकी छिन् । उनको हातमा चलचित्रको अभाव छैन ।

वर्ष २०१९ मा रिलिज भएका तीन चलचित्रले नै भूमिलाई सफलता दिलाएका थिए । ‘साँडकी आँख, बाला र पति पत्नि और ओ’बाट भूमिले आफूलाई स्थपित गरिसकेकी छिन् । यतीका चलचित्र सफल भइरहँदा पनि उनी आफूलाई स्टार कलाकार मान्दिनन् ।

एक अन्तरवार्तामा उनले भनेकी छिन्–‘म आफूलाई स्टार मान्दिन र मान्ने बेला पनि भएको छ जस्तो लाग्दैन् । म कलाकार हुँ । कलाकार नै भएर रहने मन छ ।’

उनले चलचित्र सफल हुँदाको फाइदा भने भेटेकी छिन् । उनले भनिन्–‘चलचित्र सफल भयो भने नयाँ चलचित्रको अफरहरु धेरै आउने रहेछन् । जब धेरै चलचित्रको अफर आउँछ मैले छानेर राम्रो चलचित्रमा काम गर्न सक्छु । मेरो ध्यान स्टार बन्नेमा होइन, राम्रो काम गर्नेमा छ ।’

भूमी अभिनित चलचित्र ‘शुभ मंगल ज्यादा सावधान’ र ‘भूत’ रिलिजको तयारीमा छन् । यसपछि भूमिले अक्षय कुमारको चलचित्र ‘दुर्गावती’मा पनि मुख्य भूमिका निर्वाह गर्दैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment