Comments Add Comment

डा. शिवमायाको प्रतिक्रिया : मैले बाजी मारें

६ माघ, काठमाडौं । उपसभामुख पदबाट राजीनामा दिएकी डा. शिवमाया तुम्बाहाङफेले आफूले बाजी मारेको प्रतिक्रिया दिएकी थिइन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट संसद बैठक राखेर तुम्बाहङ्फले राजीनामा दिने घोषणा गरेकी हुन् । लगतै प्रतिनिधिसभाम सचिवालयमा राजीनामा पत्र बुझाइन् ।

त्यसपछि आयोजित पत्रकार सम्मेलनमा डा. तुम्बाहाङ्फेले एउटै क्षेत्रमा ५ वर्ष बिताउनु नपरेकाले खुसी लागेको प्रतिक्रिया दिइन् । ‘मेरो लक्ष्य अर्को पनि छ, यो पनि थियो,’ उनले भनिन्, ‘आजदेखि काम गर्ने ट्रयाक चेन्ज गर्दैछु ।’

नेकपाभित्र तुम्बाहाङ्फे मन्त्री बन्ने चर्चा छ । तर उनले भने यसबारे केही बाताइकी छैनन् ।

उसो त तुम्बाहाङफेको सभामुखमा दाबी थियो । नेकपाको सचिवालयले राजीनामा दिन आग्रह गर्दा समेत उनले आफूलाई सभामुख बनाउने निर्णय गर्नुपर्ने शर्त राखेकी थिइन् ।

सभामुखमा तपाईको दाबी थियो तर अग्नि सापकोटाले बाजी मार्नु भयो होइन भन्ने प्रश्नमा उनले भनिन्, ‘बाजी मैले मारे‌ं । संविधानअनुसार यो संस्थालाई अगाडि बढाउन सके‌ं । नेतृत्वबिहीन बनाएर जानु परेन, त्यसकारण मैले बाजी मारें ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment