Comments Add Comment

प्रेममा परेर हातको नशा काटेको होइनः सुशिल

नायक सुशिल श्रेष्ठ र नव–नायिका रुविना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘लभ डायरिज’को ट्रेलर रिलिज भएको छ ।

कार्यक्रममा उपस्थित भएका नायक सुशिल श्रेष्ठलाई एक पत्रकारले प्रश्न सोधे, के चलचित्रको कथा तपाइको जीवनमा पनि मेल खान्छ ? यसमा सुशिलले भने–‘कथाका केही हिस्सा मेल खान्छ । तर, मेरो जीवनमा घटेका घटना भन्दा बढी अझै धेरै कथा यो चलचित्रमा छ ।

सुशिलले आफूले जीवनमा प्रेम गरेको र विछोड पनि भएको सुनाए । पत्रकारले उनलाई सोधे, प्रेममा विछोड भएपछि हातको नशा पनि काट्नु भएको थियो हो ? सुशिलले जवाफ फर्काए–‘होइन, बाइक दुर्घटनामा परेर यस्तो भएको हो ।’

सुशिलसँगै नव–नायिका रुविना थापालाई पनि चलचित्रको कथा अनुसार जीवनको भोगाइको बिषयमा प्रश्न सोधिएको थियो । जसमा रुविनाले भनिन्–‘मेरो प्रेम भयो र विछोड पनि भयो । चलचित्रको कथाका केही भागमा आफ्नो जिन्दगीलाई पनि पाउँछु । तर, चलचित्रले अझै धेरै कुरा भन्छ ।’

कार्यक्रममा सुशिल र रुविनाले चलचित्रको संवाद पनि प्रस्तुत गरे । सौरभ चौधरीले निर्देशन गरेको यो लभ स्टोरी चलचित्र फागुणको २ गते रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment