
६ माघ, बुटवल । बुटवलमा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता २०७६ उद्घाटन गरिएको छ ।
वर्षाका कारण प्रभावित बनेको प्रतियोगिताको सोमबार उद्घाटन गर्दै प्रमुख शिवराज सुवेदीले समृद्धिको एउटा आधारका रुपमा खेलकुदलाई लिइएको बताए ।
बुटवलका सबै वडामा खेलकुदका लागि पूर्वाधार निर्माण, प्रतिभा छनौट तथा उपयुक्त अवसरको सिर्जना गरिएको बताउँदै प्रमुख सुवेदीले खेलकुदलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।
विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरि उत्कृष्ट खेलाडीहरुलाई जिल्लामा सहभागिता पाउने आयोजक समितिका अध्यक्ष नन्द बहादुर काउचाले बताए ।
नगर खेलकुद विकास समितिको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा सञ्चालित प्रतियोगितामा ४८ वटा ईभेन्टमा २ सय ५८ वटा पदकका लागि प्रतिष्पर्धा हुने छन् ।
प्रतियोगितामा नगरभित्रका सामुदायिक र निजी गरि २४ वटा विद्यालयका करिब ६ सय खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4