Comments Add Comment

महिन्द्रा भीएक्स-९० ब्याकहो लोडर नेपालमा

६ माघ, काठमाडौं । एमभी दुगड ग्रुपले महिन्द्रा भीएक्स-९० ब्याकहो लोडरलाई नेपालमा सार्वजनिक गरेको छ । निर्माण सामग्री प्रर्दशनी नेपाल बिल्ड टेक २०२०’मा यो मेसिनको बिक्रीबितरण सुरु गरिएको हो ।

एमभि दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगड, महिन्द्रा ट्रक्स एण्ड बस नेपालका लागि सेल्स मेनेजर गौरव पाण्डे, महिन्द्रा निर्माण सामाग्री नेपालका लागि सेल्स मेनेजर सद्दाम मोहोमद र दुगड महिन्द्रा निर्माण सामाग्रीका हेड अफ अपरेसन तारा थापाले संयुक्त रुपमा यो मेसिन सार्वजनिक गरे ।

कार्यक्रममा ५ जना ग्राहकलाई भीएक्स-९० ब्याकहो लोडरको चाँबी हस्तान्तरण गरियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment