Comments Add Comment

स्थानीय सरकार आएको दुई वर्षपछि वीरगञ्जमा खेलकुद कार्यक्रम

६ माघ, वीरगञ्ज । स्थानीय तहको निर्वाचन भएको दुई वर्षपछि वीरगञ्जमा पहिलोपटक स्थानीय तहले वृहत खेलकुद प्रतियोगिता आयोजना गरेको छ । वीरगञ्ज स्थित नारायणी रंगशालामा प्रथम मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो ।

सांसद प्रदिप यादव लगायतले शान्तिको प्रतीक परेवा उडाएर प्रतियोगिताको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै सांसद यादवले प्रतियोगीताले विद्यालयका छात्र–छात्रामा खेलप्रतिको नयाँ उर्जा उत्पन्न गर्ने बताए । उनले खेलकुद क्षेत्रको विकासले देशको सम्मान बढाउने भएकोले यसतर्फ सबैपक्षको ध्यान जानुपर्नेमा जोड दिए । ‘महानगरपालिकासँग सहकार्य गर्दै समुदायिक विद्यालयका विद्यार्थीको खेलकुदको विकासका लागि आवश्यक सहयोग गर्नेछु ।’ उनले भने ।

कार्यक्रममा नगर प्रमुख विजय कुमार सरावगीले आउने वर्षदेखि प्रतियोगितामा महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यलायको सहभागिता सुनिश्चित गराउने बताए ।

प्रतियोगिता अन्र्तगत सोमबार सम्पन्न ३ हजार मिटर दुरीको दौडमा नृसिंह माविका आदेश कुमार यादव प्रथम भएका छन् । सारदा माविका सत्रुधन पटेल द्वितिय र सुरजीदेवि माविका अयुब मियाँ तृतिय भएको आयोजकले जनाएको छ । उनीहरुलाई नगर प्रमुख सरावगीले पदक प्रदान गरेका छन् ।

महानगरको १८ सामुदायिक र १५ संस्थागत विद्यलायका ३ सय भन्दा बढी छात्र छात्रा प्रतियोगितामा सहभागी भएका छन् । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्सका ११ विद्या गरी कुल १४ स्वर्ण पदकका लागि प्रतिश्पर्धा हुने आयोजक समितिका संयोजक एवं महानगर शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताए । प्रतियोगिता माघ १२ गते सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment