+
+
Shares

उद्धार गर्न अन्नपूर्ण पदमार्गमा पुग्दा जे देखियो…

चोलेन्द्र बहादुर कार्की, प्रथम उपाध्यक्ष, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) चोलेन्द्र बहादुर कार्की, प्रथम उपाध्यक्ष, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)
२०७६ माघ ६ गते १०:५१

अन्नपूर्ण आधार शिविरमा हराइरहेका गत शुक्रबारबाट ४ जना कोरियाली र ३ जना नेपालीको खोजीका लागि आज दुई वटा हेलिकोप्टरबाट हामी घटनास्थलतर्फ गएका थियौं । घटनास्थल पुगेर केही मानिसलाई त्यहाँ झारियो ।

उनीहरुलाई घटनास्थल नजिकै ठूलो हेलिकोप्टर बस्न मिल्ने गरी स्थान बनाउन त्यहाँ झारिएको हो । साना हेलिकोप्टर त बस्न सक्छन् । तर, रेस्क्यूका लागि ठूलो जनशक्ति र उपकरण आवश्यक पर्ने भएकाले त्यसका लागि वातावरण बनाउने प्रयास भएको थियो ।

तर, प्रतिकूल मौसम र अत्यधिक चिसोका कारण आजपनि ठूलो हेलिकोप्टर बस्न सकेन । जहाँ पहिरो गएको छ, त्यँहा हिउ नै हिउको सागर देखिन्छ । अझ तीन बजेपछि फेरी मौसम बिग्रियो ।

त्यसकारण थप प्रयास गर्न सम्भव नै भएन । हामीले ड्रोन उपकरण उडाएर पनि सर्च गर्ने प्रयास गरेका थियौं । तर, डिभाइसले काम नै गर्न सकेन ।

५० मिटरसम्म मानव भए-नभएको पत्ता लाग्ने उपकरणसमेत हेलिकोप्टरमा थियो । त्यसबाट पनि कुनै प्रमाण फेला परेन् । अन्नपूर्ण पदमार्गमा ७ जनाबाट अन्य पर्यटक हराएको खबर छैन ।

धेरैलाई शनिबार नै उद्धार भएको थियो । माछापुच्छ्रे् आधार शिविरमा पुगेका पनि धेरै पदयात्री र सहयोगीलाई पोखरा ल्याइ सकिएको छ । थप मानिसहरुलाई माथि जान रोक लगाइएका कारण अब जोखिम कम छ ।

हराइरहेका ७ जनाको खोजी कार्य पुनः भोली पनि जारी रहने छ । आज पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्वतारोहण संघ, नेपाल आर्मीको रेस्क्यू टीमसहित त्यहाँ पुगेका थियौं ।

(अनलाइनखबरसँगको कुराकानीमा आधारित)

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?