+
+

रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा प्रजातान्त्रिक समूहका घिमिरे निर्वाचित

चौध मध्ये बाह्र पदमा वामपन्थी उम्मेदवार बिजयी

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ६ गते १९:०१

६ माघ, रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा केशव प्रसाद घिमिरे निर्वाचित भएका छन् । घिमिरे प्रजातान्त्रिक समूहबाट निर्वाचित भएका हुन् ।

अध्यक्षका अर्का उम्मेदवार बामपन्थी समूहका जगन्नाथ दाहाल जेएनलाई १० मतले हराउँदै घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन् । आइतबार भएको निर्वाचनको मतपरिणाम सोमबार सार्वजनिक भएको हो ।

कुल ९ सय ९२ मतमा घिमिरेले ४ सय ८७ र दाहालले ४ सय ७७ मत प्राप्त गरेका छन् । संघको वरिष्ठ उपाध्यक्ष, बाणिज्य उपाध्यक्ष, उद्योग उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष , आजीवन सदस्य ,महिला सदस्य र ४ खुला सदस्यमा दाहाल समूहका उम्मेदवार विजयी भएका छन् भने एउटा खुला सदस्य घिमिरे समूहका उम्मेदवारले जितेको छ ।

वरिष्ठ उपाध्यक्ष पदका दाहाल समूहका उम्मेदवार नविन थापा मगर ५ सय ५९ , बाणिज्य उपाध्यक्ष दामोदर थापा ५ सय ४४, उद्योग उपाध्यक्ष भिमशेन थापा ५ सय ८, महासचिव नवराज ढुँगेल ५ सय ६३, सचिव सुरेश उदास ५ सय ७७ र कोषाध्यक्ष पवनकुमार कठायत ५ सय ७२ मत प्राप्त गरी विजयी भएका छन् ।

दाहाल समूहकै जया सुवेदी ४ सय ९६ मत प्राप्त गरी महिला सदस्य र आकाश रिजाल ५ सय १२ मत प्राप्त गरी आजीवन सदस्यमा विजयी भएका छन् ।

दाहाल समूहकै उम्मेदावर सुमिका श्रेष्ठ ५ सय ५, राजु थापा ५सय १४, कुमार श्रेष्ठ ५ सय १९, किशोर पौडेल ४ सय १४ मत प्राप्त गरी खुला सदस्य पदमा निर्वाचित भएका छन् । एक खुल्ला सदस्य पदमा भने घिमिरे समुहका यज्ञप्रसाद सुवेदी ४ सय ६ मत प्राप्त गरि विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?