+
+
Shares

हुन्डाई कोना ईलेक्ट्रिकले कायम गर्‍यो गिनिज वर्ल्ड रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ७ गते ११:२९

७ माघ, काठमाडौं । हुन्डाईको ईलेक्ट्रिक एसयुभि कोनाले गिनिज वर्ल्ड रेकर्डसको प्रतिष्ठित उपाधि जित्न सफल भएको छ । हुन्डाई कोना ईलेक्ट्रिक पहिलो ईलेक्ट्रीक एसयुभि हो, जसलाई ५,७३१ मिटरको उचाईमा टिबेटको साउला पाससम्म चलाइएको थियो ।

यो चढाई पश्चात् कोनाले ५,७१५.२८ मिटर उचाईको अन्य ईलेक्ट्रिक कारको पछिल्लो रकर्ड सजिलै तोडेको थियो।

कोना ईलेक्ट्रीकले ईलेक्ट्रीक भेहिकल सम्बन्धी विभिन्न भ्रमहरुलाई तोडेर ईलेक्ट्रिक क्रान्ति ल्याउन सफल भएको कम्पनीले जनाएको छ।

ईमिशन इम्पोसिबल मिशन अन्तर्गत, कोना ईलेक्ट्रिकले विश्वको सबैभन्दा अप्ठ्यारो भू–भागमा पर्फर्मेन्स गर्दा कुनै सम्झौता नगरी आफ्नो क्षमतालाई प्रमाणित गरेको निर्माता कम्पनीको दाबी छ।

गिनिज वल्र्ड रेकर्डसका एड्जुडिकेटर ऋषी नाथले भने,’ सर्वाधिक उचाईमा पुग्ने ईलेक्ट्रीक कारको लागि हासिल गरेको यो उपाधिका लागि ह्यून्डाई मोटरलाई म हार्दिक बधाई दिन चाहन्छु । यो उपलब्धीसँगै ह्यून्डाईले इतिहासमै किर्तीमानको नयाँ मापदण्ड बनाउन सफल भएको छ । यो सफलतासँगै कोना ईलेक्ट्रीक कठोर परिस्थितिहरुमा ज्यादै विश्वसनीय रहेको कुरा प्रमाणित गरेको छ ।’

अभियानमा कोना ईलेक्ट्रीकले न्यून तापक्रम, निरन्तर हिमपात र बरफीलो परिस्थिति जस्तो कठोर मौसमी अवस्थामा एउटा सच्चा एसयुभी सरह प्रदर्शन गरेको थियो ।

कोना ईलेक्ट्रीकमा रहेको ईलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल ले जस्तो सुकै बाटोको अवस्थामा पनि गाडी स्टेबल रहने कुरा पुष्टि गरेको छ । प्रविधि र पर्फर्मेन्सको बेजोड समिश्रण रहेको यो ग्रीन कार एउटा सच्चा प्रदर्शक हो र सर्वाधिक उचाईमा पुगेर रेकर्ड राख्ने पहिलो ईलेक्ट्रीक गाडी हो ।

यस अभियानको दौरानभरि नै कोना ईलेक्ट्रीकलाई पोर्टेबल चार्जरको मद्दतले चार्ज गरिएको थियो । कारलाई कार किन्दा प्रदान गरिने स्ट्याण्डर्ड पोर्टेबल चार्जरले रातभरि चार्ज गरिएको थियो । शिखरमा चढाउँदा पनि यसको पर्फर्मेन्समा कुनै समस्या देखा परेको थिएन ।

शिखरबाट ओर्लिने बेला चाहिं स्मार्ट पावर रिजेनेरेशन सिस्टमको मद्दतले गाडीले ड्राईभिङ्ग रेन्जलाई कम्प्लिमेन्ट गरेको थियो । यस सफलताले कोना इभी को पावरफुल पर्पmर्मेन्सलाई चरितार्थ गरेको छ र जस्तो सुकै मौसमी अवस्था र भू–भागमा उत्कृष्ट पर्फर्मेन्स दिर्ने सुनिश्चितता प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?