Comments Add Comment

पायल्सबाट छुटकारा पाउने सरल विधी

पाइल्सको समस्या विशेषगरी गर्भावस्था, खानपानमा गडबडी, कब्जियत वा मल त्याग गर्दा वलको प्रयोगका कारण हुने गर्छ । सामान्य व्यक्तिमा पाइल्सले खासै गम्भीर समस्या निम्त्याउदैन । तर , रगत पातलो गर्ने औषधीको सेवन गर्नेहरुमा पाइल्सले लिभर सिरोसिसको समस्या निम्त्याउँछ ।

पाइल्सबाट छुटकारा पाउने तथा यसलाई बल्झनबाट रोक्ने थुप्रै उपायहरु छन् । जसलाई प्रयोग गर्न सकेको अवस्थामा पाइल्सलाई निको पार्नुका साथै बल्झनबाट रोक्न सकिन्छ ।

पाइल्सको घरेलु उपचार

सिट्ज बाथ : पाइल्समा सिट्ज बाथ प्रभावकारी मानिन्छ । सिट्स बाथ त्यस्तो उपचार पद्धति हो, जसमा पाइल्सका विरामीले  हिप तथा कम्मर मुनीको भागलाई दश देखि पन्ध्र मिनेट तातो पानीमा डुवाउनु पर्छ । यस पद्धतिको उपयोगबाट प्रभावित क्षेत्रमा पीडा कम हुन्छ ।

नरम ट्वाइलेट पेपरको प्रयोग :पाइल्सका विरामीले ट्वाइलेट पेपर प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ । किनकी पाइल्सका विरामीले सुख्खा पेपरको प्रयोग गर्दा उनीहरुको मलद्वारमा घाउ हुन सक्छ । त्यसैले, ट्वाइलेट पेपर प्रयोग गर्दा भिजेको वा गिलो ट्वाइलेट पेपरको मात्र प्रयोग गर्न पर्छ । साथै,  फोहर वा अल्कोहल नभएको पेपरको प्रयोग गर्नु पर्छ । अन्यथा, प्रभावित क्षेत्र पोल्न सक्छ ।

ट्रपिकल औषधीको प्रयोग :पाइल्सको उपचारमा प्रभावकारी मानिने विभिन्न प्रकारको ट्रपिकल औषधी बजारमा किन्न पाइन्छ ।   जसमा एन्टीसेप्टिक क्रिम, ओयनटमेन्ट, मेडिकेटेड वाइप्स आदी पर्छन् । यस्ता औषधीमा विच-हेजेल वा हाइड्रोकार्टिकोसोन  पर्दछ । यसले पाइल्सको दुखाई कम गर्नुका साथै चिलाउन कम हुन्छ ।  यस्ता औषधीको प्रयोग चिकित्सकको सल्लाह विना एक हप्ता भन्दा बढी प्रयोग गर्नु हुँदैन ।

दुखाई कम गर्ने औषधी : पाइल्सको विरामीहरुलाई मल त्याग गर्दा तिव्र पीडा  हुन्छ । यस्ता पीडा  कम गर्न दुखाई कम गर्ने विभिन्न औषधीहरु प्रयोग गर्न सकिन्छ । तर, त्यस्ता औषधीको प्रयो गर्नु अघि चिकित्सकसित परामर्श गर्नु पर्छ ।अन्यथा, बालबालिका र किशोरकिशोरीमा यस्ता औषधीले प्राण समेत जानसक्छ ।

बरफको सेकाई : मलद्वारमा रहेको नशाहरु फुलेमा वा फुटेमा पाइल्स हुने भएकोले पाइल्सका विरामीहरुका लगि बरफको सेकाई प्रभावकारी उपचार हुनसक्छ । किनकी यसले रक्तसञ्चारलाई सुस्त बनाई पाइल्समा आराम दिलाउँछ । यसको लागि बरफलाई एउटा व्यागमा हालेर करिब दश मिनेट प्रभावित क्षेत्रमा लगाउनु पर्छ । र, यो प्रकृयालाई दुई-तीन दोहर्‍याउनु पर्छ ।

शरीरलाई सफा राख्ने : पाइल्सको समस्या कम गर्ने अर्को उपाय भनेको पाइल्स प्रभावित क्षेत्रलाई सफा एवं स्वस्थ राख्नु हो । प्रत्येक दिन स्नान गरेपछि मनतातो पानीले मलद्धार वरिपरिको क्षेत्रलाई सफा गरेर पनि शरीरलाई सफा राख्न सकिनछ । मलद्धारको सफाई गर्दा सावुनको प्रगोग गर्न अनिवार्य छैन । यसलाई सावुनले वा विना साबुन सादा पानीले पनि सफा गर्न सकिन्छ ।

पाइल्स हुनबाट कसरी जोगिने  ?

पाइल्स हुने मुख्य कारण भनेको कब्जियतको समस्या हो । कब्जियत भएमा मल त्याग गर्न बलको आवश्यकता पर्छ । र , बल लगाउँदा मलद्वार वरिपरिको नशा फुटेर पाइल्सको समस्या निम्तने गर्छ । त्यस्तै, पुरानो डायरियाका साथमा पाचन सम्बन्धि समस्या बाथरुममा बसेर पढ्ने तथा मोबाइलमा गेम खेल्ने बानीले पनि पाइल्स हुने गर्छ । त्यसैले, मलत्याग गर्दा कहिल्यै पनि बल लगाउनु हुँदैन ।

त्यस्तै, बाथरुममा धेरै बेर बस्नु हुँदैन । र, बस्नै परेमा ट्वाइलेट सिटमा बस्दा खुट्टालाई थोरै माथि उठाएर  मल त्याग गर्न सजिलो बनाउनु पर्छ ।

पाइल्स हुने सम्भावना अत्याधिक भएमा ट्वाइलेट जान मन लाग्नासाथ कुदिहाल्नु पर्छ । किनकी समयमा ट्वाइलेट नगए वा धेरैबेर रोके कब्जियत हुनसक्छ । र, मल त्याग गर्नमा समस्या हुने गर्छ । जसका कारण पाइल्स भई अत्याधिक पीडा  हुने गर्छ ।

र, पाइल्स भएमा खानपानको शैली बदलिएर पनि पाइल्स बल्झनबाट रोक्न सकिन्छ । त्यस्तै, सत्तुलित आहारका साथमा पेय पदार्थबाट टाढै रहेर बाउल मुभमेन्टलाई नियमित गराउनुका साथै कब्जियतको सम्भावनालाई कम गर्न सकिन्छ । सन्तुलित आहारका लागि फलफुल, सागसब्जी, अन्न, पास्ता, गेडागुडी लगायतका फाइबरयुक्त खानेकुराको सेवन गर्नु पर्दछ । पर्याप्त मात्रामा पानीको सेवन गर्नुपर्दछ । कैफिन तथा मदिराबाट टाढा रहनु पर्छ । किनकी यसले आन्द्राको गतिविधि -बाउल मुभमेन्ट) लाई प्रभावित पार्न सक्दछ ।

नियमित व्यायम गर्नु पर्दछ । तौललाई नियन्त्रित गर्नुपर्दछ । किनकी आवश्यकता भन्दा बढी तौल भएमा यसले मलद्धारको नलीमा अतिरिक्त दवाव पैदा गर्न सक्दछ । जुन पाइल्स पैदा हुने सबैभन्दा ठूलो कारण हो । त्यस्तै, शारीरीक सकि्रयता आफैले पनि कब्जियतको प्रभावमा कमी ल्याउने गर्दछ ।

त्यसबाहेक, विभिन्न वैकल्पिक उपचार पद्धतिद्धारा पनि यस रोगको उपचार गर्न सकिन्छ ।

कतिबेला चिकित्सकलाई देखाउने ?

सामान्यतया, पाइल्स हानीरहित हुन्छ । र, यसको उपचार पनि सजिलो हुन्छ । तर, पनि केही व्यक्तिमा यसले जटिल समस्या निम्त्याउने गर्छ । विशेषगरी,  पाइल्स कारण अत्याधिक पीडा  भएमा तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ । किनकी पुरानो पाइल्सका कारण लामो समय रक्तश्राव भएमा रगतमा रातो रक्तकोषिका कम भई रक्तअल्पत्रा हुने गर्छ । रक्त अल्पत्रा भएमा शरीरका कोषिकामा अक्सिजन राम्ररी पुग्दैन, जसका कारण व्यक्तिलाई कमजोरी तथा थकान महसुस हुने गर्छ ।

शल्यक्रिया रहित उपचारको विकल्प

पाइल्स भएमा विना शल्यक्रिया पनि यसको प्रभावकारी उपचार गर्न सकिन्छ । यस्ता उपचार प्रभावकारी हुनुका साथै सुरक्षित पनि हुन्छ । त्यस्तै, ससाना रबर व्याण्डको प्रयोग गरेर,  स्केलेरोथेरापी इन्जेक्सन तथा लेजर थेरापीद्धारा पनि पाइल्स रोगको उपचार गर्न सकिन्छ । तयसको लागि चिकित्सकलाई देखाउन जरुरी छ ।

कुन अवस्थामा शल्यक्रिया गर्ने ?

केही जटिल अवस्थाहरुमा शल्यक्रिया विना पाइल्सको उपचार सम्भव हुँदैन । त्यस्तो अवस्थामा चिकित्सकहरु पाइल्स निकाल्न शल्यक्रियाको सल्लाह दिन्छन् । यस्ता शल्यक्रिया रोगको प्रकृति र रोगको गम्भीरता तथा उपचार पद्धति अनुसार फरक हुन्छ । र, यस्ता शल्यक्रिया अस्पताल भर्ना भएर वा विना भर्ना पनि गर्न सकिन्छ । शल्यकि्रया गर्दा कहिलेकाही रक्तश्राव, संक्रमण पनि हुनसक्छ ।

पाइल्सका विरामीहरुको लागि सुझाव

-अफिम लगायतका दुखाई कम गर्ने विभिन्न औषधीको प्रयोगले कब्जियतको समस्या पैदा हुन सक्छ । र, पाइल्सको समस्या हुनसक्छ । त्यसैले, यस्ता औषधी प्रयोग गर्नु अघि दिशा नरम बनाउने औषधीको प्रयोग गर्न जरुरी छ ।

-गर्भावस्था र सुत्केरी अवस्थामा धेरैलाई पाइल्स हुनसक्छ । त्यसैले, गर्भावस्थामा चिकित्किको सल्लाह विना कुनै औषधी खानु हुन्न । अन्यथा, यसले स्वास्थ्यमा प्रतिकल प्रभाव पार्न सक्छ ।

ध्यान दिनु पर्ने कुरा

-पाइल्समा प्रयोग गरिने क्रिम प्रति केही व्यक्ति संवेदनशील हुन सक्छन् । त्यसको लागि कुनै पनि क्रिम प्रयोग गर्नु पूर्व सावधानी अपनाउनु पर्छ ।

-पाइल्सका कारण दिशामा रगत देखिनसक्छ । त्यसबाहेक, आन्द्राको क्यान्सर लगायत गम्भीर समस्यामा पनि दिशामा रगत देखिने हुँदा  तुरुन्तै चिकित्सकलाई जचाँउनु पर्छ ।

-कुनै औषधीले एलर्जी भएमा चिकित्सकसित सम्पर्क गरी नयाँ उपचार पद्धतिको थालनी गर्नु पर्छ ।

-पाइल्सका कारण अत्याधिक दुखाईका कारण मलत्याग गर्न समस्या भएमा तुरुन्तै चिकित्सकलाई जचाउँनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment