+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

लुम्बिनी विकास कोषको सदस्य सचिवको जिम्मेवारी राईलाई

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ७ गते ११:५६

७ माघ, बुटवल । लामो समयदेखि रिक्त रहेको लुम्बिनी विकास कोषको सदस्य सचिवको जिम्मेवारी कोषका वरिष्ठ अधिकृत ज्ञानिन राईले पाएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राईलाई सदस्य सचिवका रुपमा काम गर्ने अख्तियारी दिएको हो । खोटाङ घर भएका राई लुम्बिनी विकास कोषको काठमाडौं सम्पर्क कार्यालयका प्रमुख साथै बरिष्ठ अधिकृत हुन् ।

यसअघि कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले निमित्त सदस्य सचिवको जिम्मेवारी सम्हालेका थिए ।

तत्कालीन सदस्य सचिव अजितमान तामाङको २०७४ साल मंसिर महिनामा ५ वर्षे पदावधि सकिएपछि कोष सदस्यसचिव विहीन छ ।

‘यसअघि निमित्त सदस्य सचिवको जिम्मेवारी दिँदा केही कमजोरी भएको रहेछ, त्यसलाई बुझ्यौं र प्रशासनमा काम गरेका र बरियताक्रममा सबैभन्दा सिनियर रहेकाले राईलाई जिम्मेवारी दिइएको हो,’ मन्त्रालय स्रोतले भन्यो, ‘यस अघि एउटै व्यक्ति योजना प्रमुख, इन्जिनियर र निमित्त सदस्य सचिव हुँदा बेथिति भयो भन्ने गुनासो रहेछ ।’

खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव चयनका लागि प्रकृया सुरु भएकामा सरकारले कार्यविधि विपरीत तत्कालीन पाल्पाका प्रमुख जिल्ला अधिकारी बिष्णु ढकाललाई सोझै नियुक्त गरेपछि उनीविरुद्ध उजुरी परेपछि ढकालको नियुक्ति बदर भएको थियो ।

सदस्य सचिवको जिम्मेवारी पाएका राई लुम्बिनी र बुद्धिज्मबारे राम्रो जानकार र अन्तर्राष्ट्रिय संघ संस्थाहरु संग राम्रो सम्पर्क भएका कर्मचारी हुन् ।

उनले लामो समय लुम्बिनीस्थित कोषको कार्यालयमा सूचना अधिकृतको रुपमा पनि काम गरेका थिए । लुम्बिनी विकास कोष लामो समयसम्म सदस्य सचिव विहीन हुँदा गुरुयोजना लगायतका कामहरु प्रभावित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?