Comments Add Comment

भिडियो कन्फ्रेन्समा मोदीले सोधे : कस्तो छ ?

७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गरेका छन् ।  मोरङको बुधनगरमा बनेको नेपाल भारत एकीकृत जाँच भन्सार विन्दु (आईसीपी)को उद्घाटनपछि उनले सम्बोधन गरेका हुन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले यो दुई देशको सम्बन्ध अझ उचाइमा पुगेको बताए ।

भारतीय प्रधानमन्त्री मोदीले भने सुरुमा नेपालीमा सम्बोधन गर्दै भने, नमस्कार, कस्तो छ ?’

नेपालको विकासमा भारत विश्वसनीय साझेदार भएको उनले आगामी दिनमा पनि सहकार्य गर्ने उनले बताए । भूकम्पपछि गोरखा र नुवाकोटमा भारतीय सहयोगमा बनेको घरहरु देखेर आफूलाई खुसी लागेको मोदीले सुनाए ।

उनले सन् २०२० को दशक नेपाल र भारत सहकार्यको स्वर्णिम दशक हुनेसमेत बताए ।

भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षी ओलीलाई राम्रो स्वास्थ्य र सफलताका लागि शुभकामना दिएका छन् । नेपाल भ्रमणका लागि निम्तो दिएकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘म यो वर्षको कार्यक्रमहरु बनाउँदैछु । पक्का तपाईंसँग केही समय बिताउँछु र नेपाली नागरिकको दर्शन पनि हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment