Comments Add Comment

अक्षयले लिए १२० करोड पारिश्रमिक ?

नायक अक्षय कुमारको करिअर यतिबेला बलेको छ । उनले जे छोएपनि हिट हुने अवस्था छ । यसैले पनि अक्षयको हातमा चलचित्रको कुनै अभाव छैन । एक बर्षमा उनका ४ वटा चलचित्र रिलिज भैरहेका छन् ।

उनै, नायक अक्षय कुमारले अभिनय गरेको चलचित्र ‘गुड न्यूज’ले बक्स अफिसमा २ सय करोड कमाई गरेको छ । यसैले पनि अक्षयलाई महंगो पारिश्रमिकमा काम गराउन बलिउडका निर्माता तयार छन् । उनै, अक्षय कुमारले एक नयाँ चलचित्र एक सय करोड भन्दा बढी पारिश्रमिकमा साइन गरेका छन् ।

भारतीय अनलाइन बलिउड हंगामाका अनुसार, उनले आनन्द एल राइले निर्देशन गर्ने नयाँ चलचित्र १ सय २० करोडमा साइन गरेका छन् । योसँगै अक्षय बलिउडमा सर्वाधिक महंगो पारिश्रमिक लिने कलाकार समेत बनेका छन् ।

यो चलचित्रको घोषणा केही सातामा नै गरिनेछ । यो चलचित्रमा नायिका साराअली खान र नायक धनुषको जोडीलाई पर्दामा देख्न पाइनेछ ।

अक्षयको बजार अहिले हलमा मात्र होइन, डिजिटल दुनियाँमा पनि चम्किएको छ । टेलिभिजन, ओभरसिज बजारमा पनि उनको माग छ । यसैले पनि उनलाई चर्को पारिश्रमिक दिन निर्माता तयार भएका हुन् । यो बर्षको मध्यतिरबाट यो चलचित्रको छायांकन सुरु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment