Comments Add Comment

हिमालय रोडिजको कलिङ राउण्ड सकियो, कसको टिममा को–को छानिए ?

हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको ‘हिमालय रोडिज सिजन ३’को कलिङ राउण्ड सकिएको छ । यो राउण्डबाट प्रेत्येक ग्याङ्ग लिडरले यात्राको लागि ४ जना प्रतियोगी पाएका छन् ।

अडिसनबाट छनोट भएका प्रतियोगीहरुले ग्याङ्ग लिडरहरुसँग ‘पिआई राउण्ड’मा प्रत्यक्ष अन्तरवार्ता दिएका थिए । पिआई राउण्डबाट ग्याङ्ग लिडरले आफूलाई आकर्षक लागेका केही प्रतियोगीहरुलाई आफ्नो टिममा लिएका थिए ।

पिआई राउण्डबाट आफूले छनोट गरेका प्रतियोगीहरुलाई एक आपसमा प्रतिष्पर्धा गराएर ग्याङ्ग लिडरले उत्कृष्ट ३ लाई यात्राको लागि छनोट गरे ।

यस्तै, होस्ट रेमनदाश श्रेष्ठसँग एक अधिकार थियो । उनले पनि पीआई राउण्डबाट केही प्रतियोगीहरु छनोट गरेका थिए । जसलाई उनले प्रत्येक ग्याङ्गमा एक–एक जना थप्न सक्ने अधिकार पाएका थिए । उनले पनि उत्कृष्ट ४ छनोट गरेर ४ वटा ग्याङ्गमा थपिदिएका छन् ।

अब भने यात्राको लागि टिम रेड अर्थात् अनुपविक्रम शाहीको टिममा विक्की गुरुङ, शतिष राजभण्डारी, मनिषा विश्वकर्मा छनोट भए । अनुपको टिममा होस्ट रेमनदाशले श्रेया महर्जन थपिदिएका छन् ।

त्यस्तै टिम ग्रिन अर्थात् अशिष राना ‘लाहुरे’को टिममा रामचन्द्र केसी, दिक्षा लामिछाने, सागर शाही छनोट भए भने रेमनले सुजन सुवेदीलाई टिम ग्रिनमा स्थान दिएका छन् ।

दीया मास्केको टिम एल्लोमा गजी महमद मसूद, प्रतिमा सेन, आशिष गुरुङ छनोट हुदाँ रेमनबाट सोनिका प्रजापति टिम एल्लोमा परिन् । समन श्रेष्ठको टिम अर्थात् टिम ब्लुमा जोशिका श्रेष्ठ, दिवश श्रेष्ठ, विद्या गुरुङ छनोट भए भने रेमनले अभिष पोखरेललाई ब्लु टिममा थपिदिएका छन् ।

हिमालयन रोडिजमा यात्राको लागि छनोट भएका प्रतियोगीलाई रोडिज हेल्मेट दिनको लागि ‘एम टिभी रोडिज – रियल हिरो’बाट दुई प्रतियोगी नेपाल आएका थिए । ‘एम टीभी रोडिज रियल हिरो’को फाइनलमा आफ्नो स्थान बनाएका विधान श्रेष्ठ र वार्गेस्थुले प्रतियोगीलाई हेल्मेट हस्तानतरण गरेका थिए । अगामी हप्ताबाट हिमालय रोडिजको साहासिक यात्रा सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment