Comments Add Comment

विराटनगरमा लेखापरीक्षक मृत भेटिए

७ माघ, विराटनगर। विराटनगरमा एक जना लेखापरीक्षक मृत भेटिएका छन् । प्रवल एण्ड एसोसिएट फर्मका सञ्चालक समेत रहेका लेखापरीक्षक प्रवल घिमिरे सिंघिया खोलामा मृत भेटिएका हुन् ।

विराटनगर महानगरपालिका–२ तीन पैनी घर भएका ५० वर्षीय घिमिरे सोमबार साँझ बजारबाट घर जान भन्दै हिँडेका थिए । राति अबेरसम्म पनि घर नफर्किएपछि उनको परिवारजनले प्रहरीमा जानकारी दिएको थियो ।

मंगलबार बिहान खोलामा डुबेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घिमिरेको साथबाट मोटरसाइकलको चाबी र पर्स भेटिएको प्रहरीले जनाएको छ ।

सोमबार बेलुका साथीले बोलाएपछि मोटरसाइकलमा घरबाट निस्कीएका घिमिरे साथीको गाडीमा आमाज बेकरी हुँदै होटल मुन पुगेका थिए । घरबाट फोन आएपछि उनी घर जाने भन्दै निस्किएका थिए ।

घिमिरेका आफन्त दिपक चापागाईंका अनुसार घटना शंकास्पद रहेको बताए । रातिदेखि मोबाइल अफ रहेको बताउँदै उनले घटना शंकास्पद रहेको बताए ।

शव पोष्टमार्टमका लागि कोशी अस्पतालमा पठाएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी लोकदर्शन थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment