Comments Add Comment

यू १९ विश्वकप : जापान र भारतका खेलाडीले सँगै काटे बर्थडे केक

काठमाडौं । साविक विजेता भारत यू १९ टिमले आइसीसी यू १९ विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ । दक्षिण अफ्रिकामा भएको विश्वकप अन्तर्गत मंगलबार भारतले जापानलाई १० विकेटले हरायो ।

यसै संस्करणबाट यू १९ विश्वकपमा डेब्यु गरेको जापानको यो पहिलो हार हो । समूहको पहिलो खेलमा न्यूजिल्याण्ड विरुद्ध जापानले अंक बाँडेको थियो ।

जापानलाई ४१ रनमा अलआउट गरेको भारतले २९ बलमै लक्ष्य भेट्टयायो । ओपनर यजस्वी जसवालले अविजित २९ रन बनाए भने अर्को ओपनर कुमार कुसर्गले अविजित १३ रन जोडे ।

त्यसअघि भारतका रवि बिस्नोइले ४ र कार्तिक त्यागीले ३ विकेट लिँदा जापान कम स्कोरमा अलआउट भएको थियो । पाँच खेलाडीले खाता समेत खोल्न नसकेको जापानी इनिङ्समा नोगोची र केन्टो डोबेले समान ७ रन बनाए ।

खेल भारतले सहजै जित्यो । तर खेलपछि दुबै टिमले सँगै रमाइलो गरे । जापान र भारतका एक एक खेलाडीको मंगलबार जन्मदिन थियो । भारतीय विकेटकिपर ध्रुव जुरेल र उनै जापानी केन्टोको जन्मदिन थियो ।

दुबैले मैदानमै सँगै बर्थडे केक काटेर जन्मदिन मनाएका हुन् । जुरेल १९ र केन्टो १७ वर्षका खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment