Comments Add Comment

व्यापारीबाट मिचिएको भृकुटीमण्डप (फोटो फिचर)

८ माघ, काठमाडौं । सरकारले तामझामका साथ भ्रमणवर्ष २०२० को प्रचारप्रसार गरिरहेको छ । यो वर्ष आन्तरिक र बाह्य पर्यटकहरु बढाएर राजस्व भरमार वृद्धि गर्ने सरकारको लक्ष छ । तर, काठमाडौं उपत्यकामा घुम्न आउने आफ्नै देशका नागरिकका गन्तव्यस्थलको संरक्षण सरकारले गर्न सकेको छैन । व्यापारीबाट मिचिएको भृकुटीमण्डप यसैको उदाहरण हो ।

विभिन्न जिल्लाबाट काठमाडौं घुम्न आउने हरेक नेपालीहरु एक समय धरहरा चढ्थे, अहिलेसम्म धरहरा ठडिन सकेको छैन । बरु त्यहाँ भ्युटावर ठडिँदैछ ।

‘बालाजुका बाइसै धारा’ पुरानो पुस्ताका लागि चर्चित थियो । त्यसपछि काठमाडौंमा घुम्ने ठाउँमध्ये रत्नपार्क, रानीपोखरी र भृकुटीमण्डप पनि गणनामा आउने ठाउँहरु हुन् । काठमाडौं, ललितपुर र भक्तपुरका तीनवटै दरबारहरु घुम्ने ठाउँ हुन् । अहिले थपिएका ठाउँहरु नारायणहिटी संग्रहलाय र चन्द्रागिरी केवलकार हुन ।

काठमाडौं घुम्न आउनेहरुको एउटा महत्वपूर्ण गन्तव्य पशुपतिनाथ मन्दिर पनि हो । तर, पशुपति परिसरसमेत पसल र छाप्रा सञ्चालकहरुले अतिक्रमण गरेर असन बजारजस्तै भीडभाडयुक्त बनाइसकेका छन् । पशुपतिको यात्रा पहिलेजस्तो शान्त र मनोरम हुन छाडेको छ । यसैलाई ध्यान दिएर पशुपति विकास कोषले त्यहाँका छाप्राहरु हटाउने निर्णय गरेको छ । तर, भृकुटीमण्डपको अतिक्रमणतर्फ भने सरकारको ध्यान जान सकेको छैन ।

यो पनि पढ्नुहोस्– पशुपति क्षेत्रका दोकान भत्काउने तयारी

भृकुटीमण्डपको दूबोयुक्त चौरीमा बसेर पारिलो घाम ताप्दै बदाम र सुन्तला खाने दिनहरु हराइसके । एक समय यस्तो थियो, हिउँद याममा भृमुटीमण्डभित्र दोहोरी प्रतियोगिता हुन्थ्यो, मानिसहरु जम्मा भएर नाच्थे, रमाउँथे । तर, अब ती दिनहरु इतिहासको गर्तमा पुरिएका छन् ।

भृकुटीमण्डपमा अहिले पुँजीवाद आएको छ, दलाल पुँजीवाद ! यहाँको सार्वजनिक जमिन व्यापारीहरुले अतिक्रमण गरेर छाप्रा हालेका छन् । पलेटी मारेर बस्ने चौरीमा भाँडा माझेको जूठो पानी र फोहोर जमेको छ । बालबच्चाहरु धुमाउने सार्वजनिक पार्क चियानास्ता बेच्ने बजारमा परिणत भएको छ । पर्यटन बोर्डको कार्यालयको नाकैमुनिको खाली जमिनसमेत अकुपाई भइसक्दा पनि सरकार कानमा तेल हालेर बसेको छ ।

भृकुटीमण्डपको बाँकी जमिनमा पनि दुबो र रुख बिरुवाहरु हटाएर सिमेन्टेड गरी गाडी र जुत्ताको प्रदर्शनी गर्न थालिएको छ । सर्वसाधारण मानिसहरु टहलिने र आराम गर्ने पार्क खुम्चिएर फनपार्कको छेउमा अलिकति मात्र बचेको छ ।

भृकुटीमण्डपको पूर्वी मोहोडाको जमिन फनपार्कका लागि सस्तोमा लिजमा दिइएको छ । तर फमपार्न सञ्चालकले त्यहाँ बालबालिका घुमाएवापत अत्यन्तै महंगो शुल्क लिने गरेको छ ।

पञ्चायती सरकारले बनाएको बालबालिका एवं युवायुवतीले निशुल्क घुम्न पाउने सार्वजनिकस्थललाई व्यापारीकरण गरेर गरिबका छोराछोरीबाट पैसा लुट्ने माध्यम बनाएको छ समाजवादी, कम्युनिष्ट सरकारले ।

हेर्नुहोस् अतिक्रमित भृकुटीमण्डपका तस्वीरहरु

   

सबै तस्वीर : विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment