
८ पुस, काठमाडौं । पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेपाली कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । बुधबार पार्टी सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका हुन् ।
देउवा निवास बुढानिलकण्ठमा भएको छलफलमा उपसभापति विमलेन्द्र निधि, कृष्ण सिटौला र प्रकाशमान सिंहले कार्यदल स्तरमा भएको छलफलबारे ब्रिफिङ गरेका थिए । ‘कार्यदलले के के छलफल भयो भनेर सुनाउने काम भयो’ नेता पौडेलले भने, ‘त्यसपछि सामान्य कुराकानी भएको छ । कुनै निष्कर्ष निस्किएको छैन ।’ उनका अनुसार पर्सि फेरि छलफल हुनेछ ।
पौडेल र सिटौला समूहले १४औं महाधिवेशनको कार्यतालिका सच्याउनुपर्ने, क्रियाशील सदस्यता छानविनका लागि समिति बनाउनुपर्ने लगायत माग अघि सारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4