Comments Add Comment

राष्ट्रियसभा निर्वाचन : नेकपा–राजपाको ‘क्रस भोटिङ’ रोक्ने काइदा

८ माघ, जनकपुरधाम । राष्ट्रियसभाको निर्वाचनमा ‘क्रस भोटिङ’ हुन नदिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) को गठबन्धनले नयाँ काइदा निकालेको छ ।

गठबन्धनले प्रदेश २ को चार सिटमा उम्मेदवारी दिएको छ । यस्तै नेपाली कांग्रेस र समाजवादी पार्टीको अर्को गठबन्धन छ । राजपाबाट ‘क्रस भोटिङ’को आशंका छ ।

त्यसलाई रोक्न नेकपा राजपा गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा मतदाता रहेका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखलाई नमूना मतदान गराएको छ । नेकपा–राजपाले महोत्तरीको बर्दिवासमा मतदान गर्ने विधि सिकाएका हुन् ।

नेताहरुकाअनुसार ‘क्रस भोटिङ’ रोक्न नेकपा–राजपाका मतदाताहरु एकै पटक मतदान गर्ने योजना बनाइएको छ ।

दुई दलबाट एक/एक जना मतदातालाई लाइनमा लगाउने भन्दै एक नेताले भने, ‘पहिला राजपाका मतदाता मतदानका लागि जानेछन् । त्यसपछि नेकपाका मतदाता रहनेछन् ।’ प्रशिक्षणमा सहभागी एक जनप्रतिनिधिकाअनुसार मतदान गर्नका लागि लाइन जस्तो सुकै भएपनि एकैपटक राजपा र नेकपाका मतदाता मतदान गर्न पुग्नेछन् ।

नेकपा–राजपाले आफ्ना सम्पूर्ण मतदातालाई बर्दिवासमै राखेर बिहीबार सिधै मतदानस्थलमा ल्याउनेछन् ।

प्रदेश २ मा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमख गरी ३७९ जना मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment